Breaking News

२४ औं संस्करण क्यान इन्फोटेक मेला माघ ११ देखि

Feb Tue 2020 05:40:30

384 views

२४ औं संस्करण क्यान इन्फोटेक मेला माघ ११ देखि
२४ औं संस्करण क्यान ईन्फोटेक कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घले माघ ११ गतेदेखि आयोजना गर्ने जनाएको छ  । २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रालि रहेको छ । एसोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रालि रहेको आया्ेजकले बताएको छ । ‘सुविस क्यान इन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला’ नाम रहने छ । ६ दिनसम्म सञ्चालन हुने यस वर्षको मेलामा क्यान महासङ्घका सदस्य संस्थाहरुलगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्याउने छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?