Breaking News

रोबोटले गर्यो सफल आँखाको शल्यक्रिया

Feb Tue 2020 05:40:31

340 views

रोबोटले गर्यो सफल आँखाको शल्यक्रिया

विश्वमा पहिलोपटक शल्य चिकित्सकहरुले मानिसको आँखाको सफल शल्यक्रिया समेत गरेको छ र आँखाको गुमेको ज्योति पनि फर्काउन सफल भएको छ । उक्त रोबोट एक डच कम्पनीले निर्माण गरेको हो । अक्सफोर्ड जोन रेडक्लिफ अस्पतालका डाक्टरहरुको एक टोलीले एक मिलिमिटरको एक प्रतिशत हिस्सा जत्रै मोटो झिल्ली विरामीको आँखाबाट हटाए । उक्त कठीन कार्यका लागि उनीहरुले रोबोटको  प्रयोग गरे ।

बेलायतको अक्सफोर्डका ७० वषर्ीय विरामी बिल विवरको रोबोटबाट आँखाको शल्यक्रिया गरिएको हो । आफुले अहिले देख्न सक्ने भएको र यो सबै घटना एक परिकथा जस्तै रहेको उनको भनाई छ ।

शरीरका अन्य सामान्य हिस्साहरुमा रोबोटको सहायता लिएर डाक्टरहरुले विभिन्न खाले शल्यक्रिया गर्नु सामान्य हो । तर अहिलेसम्म आँखाको भित्र शल्यक्रिया गर्ने काममा रोबोटको प्रयोग गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?