Breaking News

प्रधानमन्त्रीको छलमा परेका १७ वर्षीय युवा बैज्ञानिक विकल्प ढुंगानाको प्रविधि साहस

Feb Tue 2020 05:40:39

606 views

प्रधानमन्त्रीको छलमा परेका १७ वर्षीय युवा बैज्ञानिक विकल्प ढुंगानाको प्रविधि साहस
  • प्रधानमन्त्रीदेखि नास्टका बैज्ञानिकहरुले समेत ढाँटे
  • मौँका पाएँ भने देशमा उर्जा र इन्धनको विकल्प खडा गर्दिनेछु
  •  गरिब छु, के मेरो क्षमता मारुँ ?

२०५५ सालमा तनहुँको दमौलीमाजन्मिएका १७ वर्षीय किशोर विकल्प ढुंगाना नेपालमा सोलारबाट स्कुटर चलाउने प्रविधिको विकास र विस्तारमा लागेका छन् । राज्यतर्फबाट साथ र हौसला मिले देशमा उर्जा र इन्धनको गतिलो विकल्प खडा गर्ने बताउने विकल्पले फागुन १ गतेबाट एउटा स्कुटीमा सोलार जडान गरि चलाएर पनि देखाइसके । प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसमेत उनले बनाएको स्कुटर चढिसके ।

को हुन् विकल्प ?

दमौली नगरपालीकाका सामान्य कर्मचारी भाग्यशाली र आमा विष्णु घिमिरेका छोरा हुन् विकल्प । स्थानीय निर्मल उच्चमाध्यमिक विद्यालयबाट माध्यमिक स्तरको पढाई सकेका विकल्प पढाईमा सामान्यथिए । त्यसपछि उनी प्रविणता प्रमाणपत्र तह अध्ययनका लागि पोखरा आएर पोखरा बहुमुखि क्याम्पसमा भर्ना भए । bikalpa 06त्यहाँ विज्ञान संकायतर्फ पढ्ने विकल्प इन्टरनेटबाट इलेक्ट्रिक भेहिकल्स् विकासबारे पछिल्लो पटक भएका विकाससम्बन्धि अपडेटमा रहने र इन्टरनेटमार्फत इलेक्ट्रिक आविस्कार हेर्ने र त्यसभन्दा मौलिक तबरले त्यसको निर्माण र विकासबारे कार्यान्वयन गर्ने प्रयास गर्दै आएका थिए । दुईवर्षदेखि इलेक्ट्रिक स्कुटरलाई सोलारबाट चल्ने बनाउन अध्ययन गरिरहेका उनले केही दिनअघि त्यो व्यवहारतः लागु गरेर देखाइसकेका छन् । हुनत सानैदेखि नया नयाँ कुराको आविस्कारका विषयमा चासो राख्ने गरेको बताउने उनी कमीलाहरु देखि फट्याङग्राहरुसम्मबाट नयाँ कुरा खोजि गर्थे । नयाँ कुराको खोजीगर्ने उनको लामो प्रयास पछि उनी इलेक्ट्रिक स्कुटरमा सोलार जडान गर्न सफल भए । हुन त उनको जस्तै प्रयोग फिलिपिन्स, जापान र चीनजस्ता देशमा पनि भईसकेको छ । तर नेपालको लागि विलकुल नयाँ र आवश्यक प्रयोग गरेका छन् विकल्पले । नेपालजस्तो इन्धन र उर्जा संकट काटिरहेको देशमा योभन्दा राम्रो विकल्प अरु के हुन सक्ला र ? तर सरकारी तबरबाट उनको यो सफलतालाई मूर्त रुप दिने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन । उनी आफुले गरेको नवीन काम देखाउनभनेर दमौलीबाट कैयौँपटक काठमाडौँ आए तर आजसम्म उनले उचित प्रोत्साहन पाउन सकेका छ्रैनन् ।

कस्तो छ सोलार स्कुटी ?

bikalpa 5 विकल्पले १३ हजार हालेर अनामनगरमा एउटा सेकन्डह्याण्ड ब्याट्रीबाट चल्ने एस के बाईक किने । त्यसमा उनले अगाडी र पछाडीका लागि ५ हजारको दुईवटा सोलार प्यानल किनेर फिट गरे, जसलाई सजिलै कुदाउन सकिन्छ । झण्डै पाँच महिनासम्म भारतले लगाएको नाकाबन्दिले देशमा चरम इन्धन संकट थियो, त्यतिबेल ैदेखि विशेष रुपमा इन्धनको विकल्प सोचेर यस्तो स्कुटरको विकासलाई चाँडै मूर्त रुप दिनलागि परेको उनी बताउँछन् । त्यतिमात्रै हैन उनले थप डिस्प्ले पंmक्सन पनि त्यसमा फिट गरे । जसमा एन्ड्रोइडका केही फिचरहरु देख्न सकिन्छ । डिस्प्लेमा लोकेसन भिउ, टेम्प्रेचर डिस्प्ले, ह्यूमिडिटि डिस्प्ले, एयर प्रेसरलगायतका एन्ड्रोइड मोबाइलका फंक्सनहरु फिट गरिएका छन् । जहाँ जानु पर्दा पनि विकल्प अहिले त्यही सोलार फिट गरिएको सो स्कुटि नै लिएर हिँड्ने गर्छन् ।

प्रधानमन्त्रीवलीदेखि नास्टसम्म धाए, आश्वासन मात्र पाए

bikalpa 02 विकल्पले नेपालका प्रधानमन्त्री केपी शर्मा वली, विज्ञान प्रविधिमन्त्री शिवलाल थापादेखि नास्टका बैज्ञानीकहरुसम्म आफ्नो आविस्कार देखाए । सबैले धापमारे । आश्वासनहरु थुप्रै दिए तर व्यवहारतः कसैले उनलाई साथ दिएनन् । प्रधानमन्त्रीले युवा बैज्ञानीक भन्दै सक्दो सहयोग र हौसलादिने बताए । पछि प्रधानमन्त्रीले विर्सिए । फलोअप गर्ने क्रममा विकल्प फेरि प्रधानमन्त्री वलीलाई बालुवाटार भेट्न गए । प्रधानमन्त्रीका सहयोगीहरुलाई प्रधानमन्त्रीले आफुलाई चिन्ने भएकाले समय मिलाएर भेटाइदिन अनुनय गरे । तर प्रधानमन्त्रीले सायद उनलाई विर्सिएछन्, भेटको समय मिल्न सकेन । त्यसपछि उनले विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापासंग गएर अनुनय गरे । उनले पनि आश्वासन शिवाय अरु केही दिएनन् । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालमा भएगरेका आविष्कार र विकास प्रमाणीत गर्ने निकाय नास्टमा पनि विकल्प पुगे । त्यहाँ उनी ठूलो आसा लिएर गएका थिए । एउटा १७ बर्षीय किशोरले गरेको नयाँ आविस्कारमा नास्टका बरिष्ठ बैज्ञानीकहरुले साथ दिने उनको ठूलो आसा थियो । तर त्यहाँ नास्टका बैज्ञानीकहरुले डेमो (आविस्कारको मुर्त संरचना) खोजे । त्यतिमात्र हैन उनीहरुले भने, ‘भाई तिमि अहिले सानै छौँ, तिम्रो पढाई पनि थोरै छ ।’ प्रधानमन्त्रीदेखि नास्टसम्मको यस्तो प्रतिक्रियाले उनलाई निराश बनाएको छ । उनले त्यहा ँपनि अनुनय गरे, ‘सर मलाई एकपटक प्रेजेन्टेसनको मौका दिनुहोस्, तपाईहरुले मेरो पढाईबारे प्रश्न उठाउने ठाउँ पाउनुहुने छैन । तर उनको केही लागेन । नास्टका कर्मचारीहरुले पनि निराशाबाहेक अरु केही दिएनन् ।’ पैसा भएमात्र नास्टमा सुनुवाई उनी भन्छन्, ‘डेमो लिएर जान मजस्तो सामान्य परिवारको व्यक्तिले कसरी सकूँ । पैसा हुने र डेमो बनाएर लैजाने हो भने नास्टमा पनि सुनुवाई हुन्छ । तर मैले त्यत्रो पैसा कहाबाट ल्याऊँ’उनले प्रश्न गरे, ‘के पैसाको अभावमा मैले गरेको यो नवीन काम म छाडूँ ?’ विज्ञान तथा प्रविधिमन्त्री नै पिडित संवाद डबलीमा विकल्पले गरेको पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले एउटा यस्तो पिडा अभिव्यक्ति गरे, जुन सुनेपछि लाग्छ विज्ञान तथा प्रविधि भन्ने मन्त्रालयको नेपालमा कुनै कामै छैन । उनले भने, ‘नेपालमा सबैभन्दा कम रोजाईको मन्त्रालय विज्ञान तथा प्रविधि मन्त्रालय नै हो । कर्मचारी पनि यो मन्त्रालयमा आउन मान्दैनन्, सरुवा भएका तीन दर्जन कर्मचारीमा जम्मा ६÷७ जना उपस्थित हुन्छन् । सबैभन्दा कम बजेट आउने मन्त्रालय पनि यही हो । जनसम्पर्क बिहिन मन्त्रालय पनि यही हो ।’ उनले आफु विज्ञान तथा प्रविधि मन्त्री हो भन्दा अनुहारमा खासै खुशी देखाएनन् । देश कति विकसित छ भन्ने कुरा वास्तवमा त्यहाँको प्रविधि र वैज्ञानिक विकासले देखाउँछ । त्यसकालागि विज्ञान तथा प्रविधि मन्त्रालय सशक्त हुनुपर्छ तर नेपालमा यो मन्त्रालयको हालत अपहेलित नै छ भन्ने कुरा मन्त्री थापाको भनाईले नै पुष्टि गर्छ । अनि विकल्पजस्ता युवा आविस्कारकले यो मन्त्रालयबाट के अपेक्षा गर्लान् ?मन्त्रीले पनि अप्रत्यक्ष रुपमा विज्ञान तथा प्रविधि मन्त्रालयबाट धेरै अपेक्षा नगर्न सुझाइरहेका थिए । आफै त्यो मन्त्रालयको मन्त्री भएकाले उनले त्यो सिधै भन्न भने सकेनन् । मन्त्री थापाले भने, ‘सोलार स्कुटि विकास विज्ञान र प्रविधि भन्दा बाहिर’ आफ्नो आविस्कार विज्ञान तथा प्रविधिसम्बन्धि भएकाले विकल्पले विज्ञान तथा प्रविधि मन्त्रीलाई पत्रकार सम्मेलनमा मुख्य वक्ताका रुपमा बोलाएका थिए । विकल्पले विकास गरेको सोलार स्कुटीमा ती मन्त्री चढे, फोटो खिचाए र मञ्चमा गएर भाषण गर्दै भने, ‘यो बैकल्पिक उर्जाको एउटा गतिलो आविस्कार हो । यसको विकास र विस्तार हुनुपर्छ तर अहिलेको अबस्थामा बैकल्पिक उर्जाका कार्यक्रमहरु विज्ञान तथा प्रविधि मन्त्रालयबाट जनसंख्या तथा वातावरण मन्त्रालयमा सारिएका छन् । त्यसैले यससम्बन्धि डिटेल त्यही मन्त्रालयले हेर्छ ।’ मन्त्रीले यसो भनिरहँदा मन्त्रीबाट निकै अपेक्षागरि आसापूर्ण आँखा ओछ्याइरहेका विकल्पको अनुहारमा खिन्नता प्रष्टिन्थ्यो ।

श्वास रहुन्जेल आस

bikalpa 01 सम्बन्धित निकाय र राज्यपक्षबाट उचित प्रोत्साहन नपाएका विकल्प भन्छन्, ‘सास रहुन्जेल आस हुन्छ । म मेरो काम गरिरहन्छु । मेरो आविस्कारलाई विकास गर्ने हो भने भोली राज्यकै लागि राम्रो हुन्छ । जब यो कुरा सरकारले बुझ्छ त्यतिबेला मेरो क्षमताको कदर होला ।’ ‘मैले मौका पाएभनेँ’ विष्णु सोलारको नाममा नेपालमा पहिलो पटक सोलार स्कुटि जडान गरेका उनी भन्छन्, ‘मैले मौका पाएँभने म यो देशमा इन्धनको एउटा बलियो विकल्पको विकास गर्नेछु । उर्जाको बैकल्पिक प्रयोगलाई भेहिकल्समा समेत लागु गरिदिनेछु । म पटक पटक ३ सय किलोमिटरको बाटोबाट काठमाडौँ धाइरहेको छु । त्यत्रो टाढाबाट म त्यतिकै धाइरहेको छैन । म मेरो क्षमतालाई देशकै लागि प्रयोग गर्न चाहान्छु । यसमा सरकारले सहयोग प्रदान गरोस् ।’

जनस्तरबाट पनि सरकारको टिप्पणी

bikalpa 04 जनस्तरबाट पनि सरकारले क्षमता भएका युवाहरुलाई देशमा प्रोत्साहन नगर्दा देशमै बसेर कुनै पनि काम गर्न क्षमतावान युवाहरु पनि विकर्षीत भएका टिप्पणीहरु हुने गरेका छन् । सरकारले प्रविधिसम्बन्धि यस्ता क्षमता भएका युवाहरुलाई थोरैमात्रै प्रोत्साहन गर्न सक्ने हो भने धेरै फाइदालिन सक्ने कुरा प्रविधिकाजानकारहरु बताउँछन् । (राष्ट्रिय खबर डटकमका नवराज कुँवरले गरेको कुराकानी )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?