Breaking News

पहिलो रोबोट पत्रकारको आविष्कारले विश्वभर हंगामा

Feb Tue 2020 05:40:20

435 views

पहिलो रोबोट पत्रकारको आविष्कारले विश्वभर हंगामा

चीनले जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार गरेको छ । सो रोवट पत्रकारले एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । पहिलो रोबोट पत्रकार पूरै दुनियाका लागि चर्चाको विषय बनेको छ । यो रोबोट हरेक प्रकारका समाचार लेख्न समेत माहिर रहेको बताइएको छ । यसले केवल समाचार मात्र लेख्दैन, घटना समाचारमाथि विश्लेषण पनि गर्न सक्दछ । कुनै गल्ती विना नै ३ सय शव्द सजिलैसँग लेख्न सक्ने यो रोबोटले आफ्नो पहिलो लेख चाहीँ वसन्त उत्सवका बेला यात्रीहरुको ठूलो भीडका बारेमा लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?