Breaking News

२ दिने निःशुल्क महिला उद्यमशीलता तालिम सम्पन्न

Feb Wed 2020 02:40:45

591 views

२ दिने निःशुल्क महिला उद्यमशीलता तालिम सम्पन्न

५ दिनदेखि ७ दिनसम्मको आधारभुत ज्ञानवद्र्धक

उद्यमशीलता तालिम सञ्चालनको माग

सृजनशील प्रबद्र्धन केन्द्र नेपालले आयोजना गरेको २ दिने निःशुल्क महिला उद्यमशीलता तालिम सम्पन्न भएको छ । नगरकोट काभ्रेको होटल रोज भिल्लामा आयोजित उद्यमशीलता तालिममा २० जना आदिवासी, जनजाती महिलाहरु सहभागी थिए। जिल्ला विकास समितिको कार्यालय काठमाडौंको सहयोगमा सञ्चालित उक्त कार्यक्रम काठमाडौं जिल्लाभित्रका २० जना आदिवासी जनजाति महिलाहरु लक्षित कार्यक्रम हो । कार्यक्रममा जिल्ला विकास समिति काठमाडौं वरिष्ठ सामाजिक कार्यक्रम अधिकृत दीपक कुमार केसीको उपस्थिती रहेको थियो । २ दिने उद्यमशीलता कार्यक्रममा बोल्दै अधिकृत दीपक केसीले महिला दिदी बहिनीहरुका लागि घरपरिवार देखि माथि उठीे टेन्सनमुक्त तवरले ज्ञान हासिलका लागि कार्यक्रम प्रस्ताव गरिएको बताए । सामाजिक कार्य अनुभव उद्देश्य एवं महिला सशक्तीकरणका लागि सृजनशील संस्थाले आदिवासी जनजाति पिछडिएका महिला समुदायभित्र पुगेर काम गर्न सक्ने क्षमता रहेकोले सृजनशील संस्थाको सहकार्यमा महिला उद्यमशीलता कार्यक्रम आयोजना गरिएको पनि केसीले स्पष्ट पारे । 5 उद्यमशीलता तालिममा महिलाहरुलाई साना तथा घरेलु व्यवसाय कसरी सञ्चालन गर्ने, कसरी आत्मनिर्भर बन्ने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने बारेको महत्वपूर्ण ज्ञान प्रशिक्षक शशी थापाले दिनुभएको थियो । कार्यक्रममा जिल्ला विकास समिति काठमाडौं वरिष्ठ सामाजिक कार्यक्रम अधिकृत दीपक कुमार केसीको उपस्थिती रहेको थियो । सामाजिक काममा अग्रसर रहदै आएका काठमाडौ जिल्लास्थित नगरपालिका भित्रका आदिवासी जनजाती महिलाहरुको सहभागीता रहेको उक्त उद्यमशीलता तालिम आफूहरुका लागि महत्वपूर्ण अवसर भएको सहभागी महिलाहरुले बताए । आयोजित कार्यक्रम आफैमा ज्ञानमुलक रहेको एक सहभागी महिलाले बताइन् । घर व्यवहारमा ग्रसित मस्तिष्कलाई आरामदायी मनोरम वातावरणबाट गराई महत्वपूर्ण ज्ञानवद्र्धक तालिम भएकोले कायर्यक्रम आयोजना गर्ने संस्थालाई धन्यवाद दिदै सहयोगदाता जिविस काठमाडौंलाई आगामी दिनमा अझ व्यापक महिला दिदीबहिनीहरुलाई ५ दिनदेखि ७ दिनसम्मको पूर्णतया ज्ञानमुलक उद्यमशीलता तालिम सञ्चालनका लागि अनुरोध समेत सहभागी महिलाहरुले गरे ।

२ दिने महिला उद्यमशीलता तालिमका केही फोटो झलकहरु :

4568aaCPC npl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?