Breaking News

अब अनलाइनबाटै मुद्दा दर्ता र भिडियोबाटै बकपत्र गर्न पाउने

Feb Tue 2020 05:40:52

393 views

अब अनलाइनबाटै मुद्दा दर्ता र  भिडियोबाटै बकपत्र गर्न पाउने

सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गरेको नियमावली अनुसार अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिनेछ भने इमेलमार्फत म्याद तामेली गर्नर् र भिडियोमार्फत नै साक्षी बकपत्र गराउन पाइने भएको छ ।

नयाँ नियमावलीमा साक्षीको अडियो वा भिडियो वयान वा बकपत्रलाई मान्यता दिने व्यवस्था गरिएको छ । त्यसैगरी नयाँ नियमावलीले पेशी सूचीको प्राथमिकतासमेत परिमार्जन गरेको छ ।

फैसलाको संक्षिप्त जानकारी मद्दाका सम्बन्धित पक्षलाई तत्काल उपलब्ध गराउनुपर्ने नियमावलीमा प्रावधान राखिएको छ ।त्यसैगरी मुख्य रजिष्टारको काम र अधिकारका विषयमा पनि नियमावली बोलेको छ । अदालतले फैसला गरिसकेको विषय लागू नभएको निवेदन आएमा त्यस्तोमा मुख्य रजिष्ट्रारले नै आदेश दिन सक्ने व्यवस्थासमेत नयाँ नियमावलीले गरेको छ ।

पारित भएको नियमावली अनुसार अब नियमित समयका अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने वा सार्वजनिक विदाका दिनमा समेत अदालत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले इजलास तोक्न सक्ने उल्लेख छ ।

साथै अब सर्वोच्च अदालत शुक्रबार अपराहृन ४ बजेसम्म खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?