Breaking News

फेसबुक– उपयोग, दुरुपयोग

Feb Tue 2020 05:40:58

1550 views

फेसबुक– उपयोग, दुरुपयोग

- ईना गौतम

एक दशकअघिसम्म एक कल फोन गर्न घण्टौं धाउनुपर्दथ्यो । लाइन बस्नुपर्दथ्यो । एउटा चिठ्ठी पठाउन र पाउन महिनौंसम्म हुलाकी कुरेर वस्नपर्दथ्यो

। तर, अहिले समय बदलिएको छ । सहर बजारमा मात्रै होइन, गाउँगाउँमा समेत इन्टरनेटको पहुँच पुगेको छ । अन्या सुविधाका लागि नभए पनि मोबाइलमै भए पनि फेसबुक एकाउन्ट खोलेर धेरै युवा र प्रौढहरु त्यसमा मस्त हुन थालेका छन् ।

फेसबुकमा भेटेर बिहे भएकोदेखि फेसबुकबाट नै सहयोग मिलेका थुप्रै घटनाहरु छन् । को, कहाँ, के गरिरहेको छ ? र, कुनै घटनाको विषयमा कसैको धारण के छ ? भनेर बुझ्न पनि फेसबुक प्रभावकारी भएको छ । एक हिसाबमा फेसबुकले मानिसको दूरी घटाएको छ । विश्व साँघुरो बनाइदिएको छ । अरब वस्ने छोरासँग गाउँकी आमाले भिडियो हेर्दै कुरा गर्न पाएकी छन् । तर, फेसबुकको उपयोगसँग उत्तिकै दुरुपयोग भएका घटनाहरु पनि छन् । फेसबकमा कसैको नग्न तस्विर राखिदिएर कसैले आत्महत्या गरेकोसम्म उदाहरण छ । र, फेसबुकमा कमेन्ट गरेकै कारण जेल जानु परेका घटना पनि छन् । कसैलाई फेसबुक लत भएको छ । कसैलाई सूचनाको सरल माध्यम ।

फेसबुक अहिले सूचना आदानप्रधानको सबैभन्दा छिटो, सस्तो र सरल माध्यमको रुपमा परिचत छ । को, कतिबेला, के गरिरहेको छ हरेक कुरा फेुसबुकका स्ट्याटस र म्यासेजले नै बताउने गरेका छन् । कतिबेला के खाएको, आज के के काम गरियो, अब के गर्ने लगायतका याबत कुराहरु फेसबुकका माध्यमबाट थाहा पाउन सकिने भएको छ । त्यति मात्र हैन, को मान्छे कस्तो छ बुझ्नुछ भने पनि अहिले फेसबुकमा मान्छेलाई सर्च गर्ने गरिएको धेरै देखिएको छ । फलाना केटीको फलाना केटा सँग बिहे ‘फिक्स’ भयो रे भनेपछि चिनजानका केटा वा केटी कस्तो वा कस्ती रहेछन भनेर नाम सर्च गरिहाल्छौँ । कस्ता फोटोहरु हालेको रहेछ, उसका बिचारहरु फेसबुकमा कसरी प्रस्तुत भएका रहेछन आदि इत्यादि कुराहरु त आफ्नो ठाउँमा छदैछन । साँच्चै कति सजिलो बनाएको छ है फेसबुकले जीवन ? फेसबुकले संसारलाई यति सरल बनाउनु के साच्चै राम्रो कुरा हो त ? एकैछिन अगाडि भेटेका मानिसहरु, साथीभाइहरु, आफन्तहरुसँग फेरि फेसबुकमै एकैछिनमा गफ हुनु केही मान्यता होला र ? हुनतः फेसबुकबाट मानिसहरुका ठूलाठूला कामहरु बनेका छन् । जीबनमा धेरै सकारात्मक परिवर्तन ल्याउने खालका कामहरु पनि फेसबुकबाट नभएका होइनन् । फेसबुकका आफ्नै धेरै फाइदाका कुराहरु आफ्नो ठाउँमा छ । तर पनि फेसबुकको सहज उपलब्धताले मानिससगंको सम्बन्धमा केही मुल्यचाहि घटाएका अनुभूत भएको छ ।

च्याटमा दुई/चार जना साथीभाइहरुसँग चुरोट कहा बसेर खाने र आज कस्ले खुवाउने बिषयमा कुराकानी भैरहेको रहेछ । मैले त्यति नै बेला छिमेकी दिदीलाई सबैकुरा देखाइदिएँ । भाईले खानु कुटाई खाएछ त्यो दिन ।

फेसबुकले युवायुवती र स्कुले भाइबहिनीहरुलाई अति गलत बाटोतर्फ डोर्‍याइरहेको छ । केहीदिनअघिको कुरा हो– मेरो छिमेकी दिदीको घरमा केही काम परेर म उहाको घर गएको थिएँ । काम कम्प्युटरमै थियो । गएर कुर्सीमा बसिहालें । कम्प्युटर अन गर्दा छिमेकी दिदीको भाईले केही समय अघि फेसबुक खोलेका रहेछन् । फेसबुक साइनआउट हुन लोडिङमात्र भएर बसेको रहेछ । छिमेकी दिदी अरु काम गर्दै हुनुहुन्थ्यो ।

मैले उहाँको भाइको फेसबुकको म्यासेज चेक गरें । हुनतः कसैको फेसबुक जस्तो निजी कुरामा मैले इन्क्यायरी गर्न नहुने थियो होला । तर, मैले भाइलाई जितेर उसको एकाउन्ट हेरें । च्याटमा दुई/चार जना साथीभाइहरुसँग चुरोट कहा बसेर खाने र आज कस्ले खुवाउने बिषयमा कुराकानी भैरहेको रहेछ । मैले त्यति नै बेला छिमेकी दिदीलाई सबैकुरा देखाइदिएँ । भाईले खानु कुटाई खाएछ त्यो दिन । उदाहरण यो मात्र हैन, धेरै छन् । धेरै मानिसहरुको राम्रा सम्बन्धहरु फेसबुकले नै बिगारेको हामी धेरैले सुनेका पनि छौ । बिग्रने सप्रने सबैको एउटा बेला आउँछ जसलाई हामीले ढाकछोप गर्न मिल्दैन तर फेसबुकले बिग्रने र सप्रने दुबैलाई एउटा माध्यमको रुपमा काम गरिरहेको छ । हुनतः हरेक पक्षका सबल र दुर्लभ पक्षहरु हुन्छन् । त्यसको सही पहिचान र सदुपयोग गर्ने जिम्मेवारी त मानिस आफैको हो । तर बालबालिकाहरुका लागि पढ्ने उमेरमा फेसबुकको कुनै आबश्यकता नै म देख्दिन । फेसबुकले सूचना, मनोरञ्जन र अभिप्रेरणाको काम गरिरहेको हुन्छ । तर स्कुले भाइबहिनीका लागि यो उमेरमा शिक्षा स्कुल हो, मनोरञ्जन बिभिन्न खेलकुद सामाग्री र टेलिभिजन नै पर्याप्त छ । फेसबुक मानिसको अनिवार्य आवश्यकता पनि हैन । त्यसैले अभिभाबकहरुले आफ्ना छोराछोरीहरुलाई फेसबुकबाट टाढा नै राख्नु राम्रो हो ।

हुनतः यो संसारमा शतप्रतिशत राम्रो र शतप्रतिशत नराम्रो भन्ने केही छैन । भनिन्छ नि, उपयोग गर्न जान्यो भने विषले पनि ओखतीको काम गर्छ । हरेक चिजको मूल्य सदुपयोगमा छ । त्यसैले, फेसबुक जस्तो सामाजिक सञ्जालबाट भरपुर फाइदा लिऔं । कसैले दुरुपयोग नगरौं । र कसैले दुरुपयोग गर्दैछ भने सम्झाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?