Breaking News

पहिलो पुस्ताको कम्प्युुटर एप्पल वानको नमूना झण्डै ८ करोड रुपैयाँमा बिक्रि

Feb Tue 2020 05:40:46

273 views

पहिलो पुस्ताको कम्प्युुटर एप्पल वानको नमूना झण्डै ८ करोड रुपैयाँमा बिक्रि

एप्पल कम्पनीले निर्माण गरेको पहिलो पुस्ताको एप्पल वानको प्रोटोटाइप सन् १९७६ मा बनेको  झण्डै ८ करोड रुपैयाँमा बिक्रि भएको छ ।   च्यारिटी बज नामक लिलामकर्ता संस्थाले यो कम्प्युटर १० लाख डलर सम्ममा बिक्रि हुने अनुमान गरेको भएपनि यसको अन्तिम मूल्य ८ लाख १५ हजार डलर भन्दा उकालो चढेन ।

स्मरण रहोस् सन् २०१४ मा निकै दुर्लभ मानिएको चालु हालतमा रहेको एप्पल वान कम्प्युटर ५ लाख ५ हजार डलरमा बिक्रि भएको थियो, न्युयोर्कमा भएको एक लिलाम बिक्रिमा ।

सन् १९७६ मा निर्माण गरिएका २ सय एप्पल वान कम्प्युटरमध्ये केवल ७० वटाजति मात्र विश्वमा अहिले अस्तित्वमा रहेका विश्वास गरिन्छ ।

सन् १९७६ को जुलाइमा बजारमा बिक्रिमा पठाउँदा एप्पल वानको मूल्य ६ सय ६६ डलर ६६ सेन्ट थियो । उत्पादन गरिएका २ सय कम्प्युटर मध्ये १ सय ७५ वटा बिक्रि भएका थिए भने अरु बाँकीलाई कम्पनीमै नष्ट गरिएकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?