Breaking News

नेपाल प्रहरीको साईबर सुरक्षा सल्लाहकारमा रामहरी सुबेदी

Feb Tue 2020 05:40:31

402 views

नेपाल प्रहरीको साईबर सुरक्षा सल्लाहकारमा रामहरी सुबेदी

नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभाग काठमाण्डौंले डा. रामहरी सुवेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्त गरेको छ । नेपालमा बढ्दो साइवर अपराधका घटनालाई न्युनीकरण गर्ने उद्देश्यले रामहरी सुवेदीलाई नेपाल प्रहरीको साइवर सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको अपराध अनुसन्धान बिभागका प्रमुख बिज्ञान राज शर्माले बताएका छन् । नेपाल प्रहरीले आफूलाई दिएको स्पेसप्रति आफू दृढ र निश्चल रहेर साइवर अपराध र सुरक्षाका लागि सल्लाह सुझाव सहित काम गर्ने बताएका छन् । आगामी दिनहरुमा नेपालमा साईबर सुरक्षाको खतरालाई कम गर्नको लागि मैले सक्दो सहयोग पनि गर्ने वाचा गर्दछु, सुवेदीले आफ्नो फेसबुक वालमा लेखेका छन् । रामहरी सुवेदीले साइवर सुरक्षामा युएसबाट डाक्टर पास गरेका छन् भने लामो समय नासामा रहेर काम गरिसकेका छन् भने सुवेदी डिसी नेपाल डटकमका संस्थापक तथा प्रमुख पनि हुन् । नृृपालमा बढ्दो साइवर अपाराधसँगै साइवर सरुक्षाको चुनौतीलाई हल गर्ने उद्देश्यले डाक्टर सुवेदीले युएस वेस रहेर साइवर सुरक्षा अन्तराष्टिय इन्स्च्यिुट समेत स्थापना गरेका छन् । इन्स्च्यिुटमार्फत नेपालमा साइवर अपराध एवं सुरक्षका चेतनामुलक अभियान र प्राविधिक तालिम समेत दिइने कार्यक्रमयोजना रहेको छ ।

CYBER SECURITY INSTITUTE INTERNATIONAL www.cybersii.com

cyber security pic

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?