Breaking News

सडकमा मागेर छोराको पढ्ने रहर पुरा गर्दै साहसी एकल आमा

Feb Tue 2020 05:40:12

549 views

सडकमा मागेर छोराको पढ्ने रहर पुरा गर्दै  साहसी एकल आमा
-बिष्णुकुमार देवकोटा

दाङ, ७ जेठ– कक्षा २ मा अध्ययनरत आफ्ना ८ बर्षीय छोरा अजय बिक र ४ मा अध्ययनरत १२ बर्षीय छोरा अर्जुन बिकको पढाईलाई निरन्तरता दिनका लागि शारीरिक अशक्त आमा सोनु बिक सडकका गल्लि गल्लिहरुमा भौतारिन पुगेकी छन् ।

IMG_20160520_112316

शुभ सन्देश बोर्डिङ्ग स्कूलमा कक्षा अध्ययनरत दुई छोराको पढाईका लागी खर्चको जोहो गर्न उनीसँग सडकमा भौतारीनुबाहेक अन्य विकल्प छैन ।

गत बर्ष २०७२ को कर्तिक महिनामा आफ्ना श्रीमान बल बहादुर बिकको असामयीक निधन पछि उनको परिवार आर्थिक संकटमा परेको छ ।

३५ बर्षीय अशक्त अपांग सोनुको शारिरिक अवस्थाले अर्थोपार्जन गरी छोराहरुको शिक्षालाई निरन्तरता दिने अवस्था नभएको भन्दै पालन–पोषण र शिक्षा दिक्षाका निम्ती सडकमा गुहार माग्दै हिड्न बाध्य भएको अश्रुमिश्रित स्वरमा सोनुले बताइन् ।

गैर सरकारी क्षेत्रमा क्रियासिल मुकुन्द अधिकारीको व्यक्तिगत सहयोगमा बोर्डिङ्गमा भर्ना गरि अध्ययन अध्यापन कार्यलाई निरन्तरता दिएका अधिकारी सरुवा भई गएपछि साहयोग रोकिएको हो ।

पढाईमा अब्बल अर्जुन गत शैक्षिक सत्रको कक्षा ३ को परिक्षामा प्रथम भएका थिए । बच्चाको पढाई खर्च, टिफिन खर्च, ड्रेस, शैक्षिक शुल्क लगाएतको खर्चको जोहो गर्ने उद्देश्यले सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा चाहार्दे हिडेको सोनु बताउछिन् । घोराही नगरपालिका वडा नं ८ बडहरा निवासी सुनुको बाल विवाह भएको थियो ।

-  http://kathmandutoday.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?