Breaking News

साइवर अपराध र नेपालको बैंकिङ क्षेत्रको सुरक्षा चुनौतीबारे जनचेतना आवश्यक- विज्ञहरु

Feb Tue 2020 05:40:16

691 views

साइवर अपराध र नेपालको बैंकिङ क्षेत्रको सुरक्षा चुनौतीबारे जनचेतना आवश्यक- विज्ञहरु
साइवर अपराध र बैंकिङ क्षेत्रको सुरक्षा चुनौती बारे जनचेतना प्रयोगकर्तामाझ फैलाउन आवश्यक रहेको साइवर सुरक्षा विज्ञहरु र सरोकारवाहरुले बताएका छन् । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आयोजना गरेको साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्कसपमा विज्ञहरुले बैंकिङ क्षेत्रमा साइवर सुरक्षाको चुनौती बढेर गएको उल्लेख गर्दै सरोकारवाहरुले बेलैमा सुरक्षा सचेतता र रेस्पोन्सको लागि तयार रहनुपर्नेमा जोड दिएका छन् । सो वर्कसपमा विशेषगरी सूचना प्रविधि क्षेत्र र बैंकिङ क्षेत्रका व्यक्तिहरु सहभागी थिए । सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मीश्रले नेपालका प्रमुख डाटाहरु भएको बैक तथा बित्तिय संस्था र सरकारी क्षेत्रहरु समेत साइवर सुरक्षाको जोखिममा रहेकाले यसको न्यूनिकरणको अभियानमा इन्फोसेक नेपाल जस्तै अन्य आइसिटी संघ संस्था, मिडिया पत्रकार सुरक्षा सचेतना अभियानका लागि क्रियाशील रहनुपर्ने बताए । साथै सरोकारवा निकाय र क्षेत्र पनि साइवर सुरक्षा प्रति गम्भीर हुनुपर्ने मिश्रले जोड दिए । वर्कसपमा डा. प्रमोद पराजुलीले Risk-Based Approach: Why compliance is not enough?, रामकृष्ण परियारले  Network Infrastructure Security, श्रीदीप रायमाझीले Cyber Security and Current Issues, अवर्तन ढकालले Security Community Researcher of Nation र नवीन केसीले Cyber Security GAP on Banking Sector विषयको बारेमा सहभागीहरुलाई साइवर अपराध र बैकिग सुरक्षाबारेको ज्ञान र जानकारी शेयर गरेका थिए । इन्टरनेटको प्रयोगसँगै सामाजिक सञ्जाललमा अभ्यस्त बन्दै गएको नेपालीहरुको दैनिकीप्रति साइवर अपराधका बिभिन्न घटनाहरुले चुनौती थपिदिएको छ । अपराधीहरुले प्रविधिको दुरुपयोग गर्दै आफ्नो अपराधको यात्रालाई बदलिरहेका छन् । इन्टरनेटमार्फत सामाजिक सञ्जालहरुको प्रयोग मोबाइलबाटै चलाउने सकिने प्रविधिको विकासले मानिसहरु साइवर अपराधीको निशानामा परिरहेका छन् । सूचना चेतना र ज्ञानको कमीले भर्खर सामाजिक सञ्जालको प्रयोग गर्नेहरु साइवर अपराधमा फस्ने गरेका छन् । यतिसम्म की साइवर अपराधीहरु साइवर अपराध गरेर त्यसको प्रमाण प्रयोगकर्तालाई नै बनाइरहेका घटनाहरु पनि दिन प्रतिदिन बढ्दै गएका छन् । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताभन्दा बैकिङ क्षेत्र स्मार्ट ह्याकरहरुको निशानामा परेको छ । नेपाल साइवर थ्रेटको उच्च जोखिममा रहेको बेला बेलैमा जोखिम बहन गर्न सक्ने प्राविधिक प्रणालीको विकास गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?