Breaking News

सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन

Feb Tue 2020 05:40:43

343 views

सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन

सेल्फीप्रेमीहरुले उच्च क्षमतायुक्त फ्रन्ट क्यामरा भएका स्मार्टफोन खोज्न थालेपछि स्मार्टफोन कम्पनीहरुले पनि एक से एक गुणस्तरीय सेल्फी क्यामरायुक्त फोन उत्पादन गरिरहेका छन् । सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन यी हुन्ः

huawei

१. हुवावे पि ९ः यसको मूख्य क्यामरा १२ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । सेल्फी क्यामराले भिडियो कलिंगमा पनि उत्कृष्ट काम गर्दछ । यो फोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेकेा छ ।

gionee

२.जिओनी एस सिक्स एसः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । जसमा फ्रन्ट फ्लास तथा स्क्रिन फ्लास समेत रहेको छ । कम प्रकाशयुक्त क्षेत्रमा पनि यसले उत्कृष्ट सेल्फी खिच्दछ । यसमा १३ मेगापिक्सेलको अटोफोकसन मुख्य क्यामरा रहेको छ ।

sony

३. सोनी एक्सपेरिया एक्स डुअलः यसमा १३ मेगापिक्सेलकेा सेल्फी क्यामरा रहेको छ । साथै यसमा सोनीको आफ्नै एफएक्सएमओर आर एस सेन्सर रहेको छ । यो फोनमा मुख्य क्यामरा २३ मेगापिक्सेलको रहेको छ । यसले फूल एचडी भिडियो खिच्न सक्दछ । फोटोग्राफी तथा सेल्फीका शौखिनका लागि यो फोन उत्कृष्ट रोजाइ बन्न सक्ने देखिएको छ ।

sony xz

४. सोनी एक्सपेरिया एक्स जेडः  गत महिना लञ्च भएको यो स्मार्टफोनमा पनि १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ र एफएक्स मोर आरएस इमेज सेन्सर रहेको छ । यो स्मार्टफोन फाइभ एक्सिस भिडियो स्टाबिलाइजेसन भएको विश्वको पहिलो स्मार्टफोन भएको दाबी सोनीको छ ।

zenfon

५.एसस जेनफोन थ्री डिलक्सः  यसमा ८ मेगापिक्सेलको प|mन्ट क्यामरा, ८५ डिग्री वाइड एंगल लेन्स रहेको छ । यसले फोर के भिडियो सपोर्ट गर्दछ र सोनीको सेन्सरयुक्त २३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ ।

oppo f1

६. ओप्पो एफ वान एसः  कम्पनीले यो फोनलाई सेल्फी एक्सपर्टको नामले मार्केटिंग गरिरहेको छ । यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ जसमा ब्यूटी फिचर पनि छ । यसको मुख्य क्यामरा भने १३ मेगापिक्सेलको छ ।

j7 prime samsung

७.ग्यालेक्सी जे सेभेन प्राइमः यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । साथै यसमा अटोफोकसयुक्त १३ मेगापिक्सेलको मुख्य क्यामरा हुनुका साथै एलइडी फ्लास पनि रहेको छ ।

lg x cam

८.एलजी एक्स क्यामः  हुवावेको पि नाइन जस्तै एलजीको एक्स क्याममा पनि दुइवटा मुख्य क्यामरा तथा एउटा सेल्फी क्यामरा छन् । मुख्य क्यामरामध्ये एउटा १३ मेगापिक्सेलको र अर्को ५ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । जसमा ब्यूटी मोड पनि छ ।

lenevo

९. लेनोभो भाइब के फाइभ नोटः  यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने १३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ ।

smart phone

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?