Breaking News

निर्देशक शोभित बस्नेतले जिवन र रेखालाई पोखरामा रोमान्स गर्ने सेटिङ मिलाएपछि !!

Feb Tue 2020 05:40:37

864 views

निर्देशक शोभित बस्नेतले जिवन र रेखालाई पोखरामा रोमान्स गर्ने सेटिङ मिलाएपछि !!

निर्देशक शोभित बस्नेत,जिवन लुईटेल र रेखा थापाको फिचरिंग रहेको चलचित्र  “जाउँ हिड पोखरा” टाइटल गितको भिडियो रिलिज भएको छ ।   गितको भिडियोमा थुप्टेन भुटिया र कोमल राज भण्डारीको स्वर रहेको छ भने संगित अमित श्रेष्ठ रहेको छ ।

[embedyt] http://www.youtube.com/watch?v=iHdeSJKGBm0[/embedyt]

मंसिर ११ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जाउँ हिड पोखराुलाई  निर्देशक सोभित बस्नेतले प्रचार प्रचारमा जोड दिदै चलचित्रको टाइटल गित रिलिज गरेका हुन्  । रेखा र जीवनको अभिनय रहेको यस चलचित्रलाई एउटा सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ ।

चलचित्रमा रेखा र जीवनको अलावा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ । सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् ।

राजेन्द्र खड्गीको द्धन्द्ध ,ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन समेटिएको चलचित्रमा संगित अमित श्रेष्ठ  रहेको छ । त्यस्तै चलचित्रमा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । रिलिज भएको केही दिनमै भिडियो अत्याधिक मन पराइएको छ । यूट्युबमा भिडियो हेर्नेको संख्या बढ्दो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?