Breaking News

चीनमा बनेको बिद्युतीय कार चाँडै नेपाल भित्रने

Feb Tue 2020 05:40:59

545 views

चीनमा बनेको बिद्युतीय कार चाँडै नेपाल भित्रने

उत्तरी छिमेक चीनको राजधानी बेईजिड.मा बिद्युतीय कार चढ्नेहरु बढेका छन् । चीनले शहरी प्रदुषण रोक्न सरकारी अनुदानमा धमाधम बिद्युतीय कारहरुको प्रयोग बढाउन थालेको बेला त्यस्ता कारहरु नेपालमा कहिले आउलाँन भन्ने चासो ईन्धन अभावले ग्रसित यहाँका पेट्रोल र डिजलबाट चल्ने कार मालिकहरुमा देखिनु स्वभाविक छ ।

बेईजिड.मा डिजल र पेट्रोलबाट चल्ने कारले प्रदुषण बढाएपछि सरकारले नै बिद्युतीय कारहरुको उत्पादन तथा प्रयोगमा अनुदान दिएर प्रोत्साहन गरेको हो । जर्मनीको डैमलरसँग चिनियाँ कम्पनी बीवाईडीले मिलेर बनाएको डेन्जा ब्राण्डको कारले अब बिस्तारै चिनियाँ उपभोक्ताहरुको ध्यान तान्न थालेको छ । बेईजिड.मा अहिेलेसम्म पाँच लाख ईलेक्ट्रिक कार बिक्री भईसकेको चाईना डेलीले जनाएको छ । यो बर्ष मात्रै बिक्री भएका ईलेक्ट्रिक कारको संख्या ९० हजार नाघेको छ ।

नेपालमा हाल प्रयोगमा रहेको सामान्य ईलेक्ट्रिक कारको मूल्य १४ लाख रुपैयाँसम्म पर्ने गरेकोमा ईलेक्ट्रिक कारको मूल्य त्यहाँ पनि महंगो छ । एउटा डेन्जा ब्राण्डको कारको मुल्य एक लाख पचास हजार युआन अर्थात २४ हजार अमेरिकी डलरसम्म पर्दछ ।

 

फोटोः चाईना डेली

चिनिर्या ईलेक्ट्रिक कार उपभोक्ताहरुले भोगेको चर्को समस्या हो, चार्ज गर्ने सुबिधाको अभाव । एकपटक चार्ज गरेपछि ३०० किलोमीटरसम्म कार गुड्ने भएपनि बिजुलीको भोल्टेजको अबस्था हेरी चार्ज गर्न नै ९० मिनेटदेखि ३ घण्टासम्म लाग्ने गरेको उपभोक्ताहरु बताउँछन् । एउटा कार चार्ज गर्न १४ डलर जत्ति पर्छ जुन डिजल र पेट्रोल प्रयोग गर्दाको तुलनामा महंगो भएको उपभोक्ताहरु बताउँछन् । प्रायः जसो दुई सिटे यस्ता कारहरुमा धेरै भार हुने ब्याट्रीको प्रयोग हुने गरेको छ ।

चिनियाँ उपभोक्ताहरुको अनुभव छ, ईलेक्ट्रिक कारहरु १५, २० बर्ष पहिलाका मोबाईल फोन जस्ता छन्, जसलाई प्रयोग गर्न सजिलो छैन । एउटा चार्जिड. स्टेशन वरपर कारको ब्याट्री चार्ज गर्न कारहरु लामबद्ध भईरहेको देखिन्छ । भलै नेपालमा डिजल र पेट्रोलको लागि लाईन बसे जस्तो भने अलि हैन ।

तेस्ला ब्राण्डको चिनियाँ ईलेक्ट्रिक कार

तर बिद्युतीय कार निर्माणको क्षेत्रमा चिनियाँ कम्पनीहरुबीच प्रतिस्पर्धा बढेकाले कारहरुलाई उपभोक्ताको रोेजाई अनुसार सुबिधा सम्पन्न र प्रयोग गर्न सजिलो पार्ने क्रम पनि तीब्र हुंदैछ । प्रतिस्पर्धासँगै सामान्य र बिलासी ईलेक्ट्रिक कारहरुको सुबिधा थप्न पनि कम्पनीहरुबीच प्रतिस्पर्धा तीब्र भएको छ । सरकारले ब्याट्री चार्ज गर्ने स्टेशनहरुको निर्माणमा भारी अनुदान दिएर यस्ता कारहरुको प्रयोगमा प्रोत्साहन गरेको छ । ८० हजार युआन पर्ने चार्जिड. स्टेशन निर्माणमाा सरकारले ३० हजार युआन अनुदान दिने गरेको छ ।

चिनियाँ ईलेक्ट्रिक कारहरुको ठूलो बजार चीन आफै भएको ईलेक्ट्रिक कार निर्माताहरु बताउँछन् । चीनमा सुधारिएका र सुबिधा सम्पन्न ईलेक्ट्रिक कारहरु प्रशस्त उत्पादन भएर बिदेश निर्यात हुन थालेपछि नेपाली उपभोक्ताहरुले पनि त्यसलाई खरिद गर्नसक्ने छन् तर फेरि पनि प्रश्न आउँछ, सरकारले अहिले अरु कारलाई जस्तै २५० प्रतिशत भन्सार लगायो भने त्यो धेरै नेपालीहरुका लागि आकाशको फल आँखा तरी मर भने झै हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?