Breaking News

११२ सबै आकस्मिक सेवाका लागि Emergency नम्बर

Feb Tue 2020 05:40:44

566 views

११२ सबै आकस्मिक सेवाका लागि Emergency नम्बर

प्रहरी, एम्बुलेन्स, दमकल, शव वाहन, ट्राफिकलगायतले प्रयोग गर्दै आएका आकस्मिक (इमर्जेन्सी) नम्बरलाई अब एउटै नम्बरमा रुपान्तरण गर्ने तयारी नेपाल दूरसंचार प्राधिकरणले अघि सारेको छ। अब आकस्मिक सेवा लिन छुट्टा छुट्टै नम्बरमा फोन गर्नुपर्ने झन्झट भने हुने छैन।  ‘एकीकृत आकस्मिक नम्बर’ योजना तयार पारेको  मस्यौदामा तीन अंकको एउटै नम्बरमा फोन गरी प्रहरी, ट्राफिक, दमकल, एम्बुलेन्सलगायतको सहयोग लिन सकिने प्राधिकरणले जनाएको छ।

प्रधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालको अनुसार बहुनम्बर प्रणाली (मल्टी नम्बर सिस्टम) लाई हटाएर एकीकृत नम्बर (इन्टिग्रेटेड नम्बर) अवलम्बन गरिने बताए। ‘हामीले एकिकृत नम्बर प्रणालीको अध्ययन गरेर मस्यौदा तयार पारेका छौँ,’ अर्यालले भने, ‘यसको अन्तिम नतिजा आइसकेको छैन। करिब दुई महिना भित्रमा हामी यसको अन्तिम निस्कर्षमा पुग्छौँ।’ आकस्मिक नम्बर धेरै भएका कारण सर्वसाधारणलाई कुन कहाँको हो भन्ने सम्झन असहज हुने, बढी स्रोतको उपयोग हुने, स्रोत परिचालन र व्यवस्थापन गर्न समस्या हुने भएकाले एकीकृत नम्बर प्रणाली ल्याउन लागेको अर्यालले बताए।

मस्यौदामा नेपालमा पनि यी दुई नम्बरमध्ये ‘११२’ लाई आकस्मिक नम्बरका रुपमा अघि सारिएको उनले बताए। अमेरिका र युरोपका विभिन्न मुलुकमा एउटै आकस्मिक नम्बर प्रयोग हुँदै आएको छ। आकस्मिक सहयोगका लागि अमेरिकामा ‘९११’ र युरोपियन मुलुकमा ‘११२’ प्रयोग हुँदै आएको छ। ‘सबै सेवाप्रदायक नम्बरबाट अहिले पनि कतिपय आकस्मिक नम्बरमा फोन लाग्दैन,’ अर्यालले भने, ‘अब बन्ने नम्बरमा सबै सेवाप्रदायकबाट फोन लाग्ने बनाइनेछ।’ एकीकृत नम्बर प्रणालीले आकस्मिक नम्बरमा फोन गर्दा जीपीएसका मद्दतले उक्त व्यक्तिको लोकेसन थाहा पाउन सकिने भएका कारण तुरुन्तै सहयोग पठाउन सकिने प्राधिकरणले जानकारी दिएको छ।  यसले गर्दा सर्वसाधारणले सजिलै सेवा प्राप्त गर्ने प्रवक्ता अर्यालले भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?