काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका उदयपुरका सार्किवीर राई देब्रे खुट्टा गुमाएर ढेड वर्षअघि स्वदेश फर्के। मलेसिया पुगेको १९ महिनामा उनको देब्रे खुट्टा मेसिनमा पर्यो। खुट्टा गुमेपछि ८ महिनासम्म मलेसियाकै अस्पतालमा बसेका उनलाई काम गर्न नसक्ने भएपछि कम्पनीले स्वदेश फिर्ता पठाइदियो। वैदेशिक रोजगारमा मलेसियाबाट अंगभंग भएर आएपनि उनले प्रवद्र्धन बोर्डबाट पाउने क्षतिपूर्ति पाएका छैनन्। श्रीमती र दुधे बालिका बोकेर उनी वैशाखीको सहारामा कयौं पटक बोर्ड पुगे तर एक सुका पाएनन्। कारण उनीसँग बोर्डले खुट्टा गुमेको प्रमाण माग्यो । मलेसियाको अस्पतालले दिएको रिपोर्ट कम्पनी मालिकले नै खोेसेर राखेपछि उनले क्षतिपूर्ति लिनका लागि प्रमाण पेश गर्न सकेनन् । ुठूलो सपना लिएर १ लाख ५० हजार रुपैयाँ तिरेर म मलेसिया गएको थिएँ,ु उनले भने, ुखुट्टा गुमाएर आए, आफू हिड्न नसक्ने बेलामा परिवारका सदस्य बोर्डमा पठाएँ, सक्ने भएपनि आफैँ गए, खुट्टा गुमेर वैशाख टेक्दै बोर्ड पुगेको छु, तर बोर्डका सरहरु प्रमाण ल्याउनुस भन्छ्न। मैलै कहाँबाट कसरी ल्याउने प्रमाण ।ु उनी भक्कानिए। दाहिने खुट्टामा पनि झन्डै गुमाएका उनले स्टील हालेर अहिले हिँड्न थालेका छन्। मलेसियाबाट अंगभंग भएर आएपनि उनले वीमा संस्थानबाट भने क्षतिपूर्ति पाएका छन् । बोर्डबाट भने पाउन सकेका छैनन् । ुखुट्टा गुमाएर आए विमाबाट रकम पाए तर बोर्डबाट पाइन,ु उनले भने । एउटै मुद्दामा वीमाले क्षतिपूर्ति दिएको छ, बोर्डले दिन आनाकानी गरिरहेको छ, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलबहादुर कार्कीले भने। सुनसरी नर्सिङका गजेन्द्र यादव पनि १३ महिना मलेसियामा काम गरे । कामको सिलसिलामा उनको हातको २ वटा औंला मेसिनले काट्यो। मलेसियामा नै ६ महिना उपचार गरे । कम्पनीले महिनामा खानका लागि जम्मा १ सय रिङगेट दिन्थ्यो। खान पुग्दैनथ्यो । घर पठाउन आग्रह गरेपनि कम्पनी वास्ता गर्दैनथ्यो। यादव कम्पनी छाडेर दुतावासको शरणमा पुगे । दूतावासले पनि वास्ता गरेन। पछि आफन्त र साथीभाइहरुसँग उठाएको पैसाले उनी स्वदेश आए। उनले पनि क्षतिपूर्ति पाएका छैनन् । कारण वैदेशिक प्रवद्र्धन बोर्डले अंगभंग भएको प्रमाण खोजिरहेको छ। मलेसियामा उपचार गराएको उनीसँग कुनै कागजात नै छैन। सबै कम्पनीले खोसेको थियो । ु२ वटा औला नभएको हात लिएर जाँदाँ बोर्डले प्रमाण लिएर आइजो भन्छु, उनले भने ुकहाँबाट प्रमाण ल्याउने होला।ु वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा गएका कामदारहरुको विमासमेत नहुने पाइएको प्रवासी नेपाली समन्वय समितिले जनाएको छ । अझ काम गर्ने समयको मात्र विमा हुने गरेको भन्दै नेपाली कामदारहरुले विदेशमा क्षतिपूर्ति लिन नसकिरहेको समितिका महासचिव सोम लामिछानेले बताए। विदेशमा अंगभंग वा मृत्यु भएर स्वदेश आएपनि क्षतिपूर्ति लिन निकै कठिनाइ हुने गरेको गुनासो बढेको छ। विभिन्न कागजात मगाएर सरकारी अधिकारीले दुख दिने गरेको अंगभंग भएका परिवाजनले बताएका छन्। वैदेशिक रोजगारमा गएकाहरुलाई ज्वरो, एलर्जी, माइग्रेन, हातखुट्टा पोल्ने, सुनिने समस्या देखिएका छन् । कार्यस्थलमा अंगभंग हुनेदेखि यातायत दुर्घटनामा परेर अंगभंग हुनेहरु पनि उत्तिकै छन्। यसका अलावा मानसिक यातना, मृगौला सम्बन्धी रोग, एपेन्डिसाइटिस, उच्च रक्तचाप, क्यान्सर र प्यारालाइसिस रोगले पनि कामदारलाई सताउने गरेको छ। जस्तोसुकै समस्यामा परेपनि वैदेशिक रोजगार ऐन २०६४ ले भने विदेश जानेहरुका लागि वैदेशिक रोजगार कल्याणकारी कोष ब्यवस्था गरेको छ। कामदार अंगभंग भइ स्वदेश फिर्ता गराउन, क्षतिपूर्ति दिन, त्यसरी फिर्ता आएका कामदार वा उनीहरुका परिवारलाई आर्थिक सहयोग गर्न कोष व्यवस्था गरिएको हो । कोषमा अहिले ३ अर्ब रुपैयाँ छ। तर उपलब्धि मुलक काममा खर्च गर्न सकिएको छैन। अंगभंग भएका कामदारलाई आर्थिक सहायतका लागि नेपाली नियोग वा कामदार काम गर्न गएको कम्पनीबाट कामदार अंगभंग भएको व्यहोरा खुल्ने पत्र आवश्यक रहेका कारण केही समस्या उत्पन्न भएको हुन सक्ने वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका निर्देशक बन्द्रीकुमार कार्कीले जानकारी दिए । उनका अनुसार अंगभंग प्रमाणित गर्ने अस्पतालको पनि कागजात चाहिन्छ । तर नेपाली कामदारको हकमा कम्पनीले नै अस्पतालको कागजात खासिदिने हुदाँ स्वदेश फर्कनेहरुसँग कुनै कागजात नहुने गरेको छ। सेतोपाटी बाट