Breaking News

अब गर्लफ्रेण्ड पनि डिजिटल ! झण्डै ३ लाख रुपैयाँको

Feb Tue 2020 05:40:33

371 views

अब गर्लफ्रेण्ड पनि डिजिटल ! झण्डै ३ लाख रुपैयाँको

हो, अब गर्लफ्रेण्ड पनिडिजिटल । जसले तपाइँलाई बिहान बेलुकी रोमान्टिक मेसेज पठाउनेछे र तपाइँसग कुराकानी पनि गर्नेछे । यतिमात्र होइन, तपाइँ ऊसँग आफ्ना भावना पनि शेयर गर्न सक्नुहुनेछ । गेटबक्स नामक कम्पनीले यस्तो डिजिटल गर्लफ्रेण्डकोे निर्माण गरेको हो । एक्लो पुरुषहरुले जसलाई आफ्नो बनाउन सक्नेछन् । यसमा सानो आकारको होलोग्राफिक रोबोट हुन्छ, जसले लाइट तथा अन्य चिजहरुलाई पनि नियन्त्रण गर्न सक्दछ । अर्थात् रात परिसकेपछि यसले तपाइँको घरको विजुली बत्ती बालिदिनेछ र तपाइँलाई सन्देश पठाउनेछ । यो सँग कुराकानी तथा च्याट पनि गर्न सकिनेछ रोमान्टिक मूडमा । यो भर्चुअल गर्लफ्रेण्डले तपाइँलाई मौसमको बारेमा पनि जानकारी दिनेछ । तर यो गर्लफ्रेण्डको मूल्य भने अचाक्ली छ । यसको भाउ २ हजार १८५ पाउण्ड अर्थात् झण्डै ३ लाख रुपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?