Breaking News

कबडी कबडीको अपार सफलतापछि अष्ट्रेलियाको क्यानबेराम पशुपतिप्रसाद प्रदर्शन हुदै

Feb Tue 2020 05:40:13

482 views

कबडी कबडीको अपार सफलतापछि अष्ट्रेलियाको क्यानबेराम पशुपतिप्रसाद प्रदर्शन हुदै
  • अभिषेक उप्रेती/अष्ट्रेलिया

अष्ट्रेलियाको क्यानबेरामा कबडी कबडी भव्यताकासाथ प्रदर्शन भएको छ । जहाँरहे पनि नेपालीपन, नेपाली संस्कृति र नेपाली विषयवस्तुप्रति नेपालीहरुको अगाध स्नेह र माया रहन्छ भन्ने कुरा अष्ट्रेलियाको क्यानबेरामा प्रदर्शन भएको नेपाली फिल्म कबडी कबडीको अपार सफलताले देखाएको छ ।kabadi अष्ट्रेलियाको क्यानबेरा सहरमा पहिलो पटक देखाइएको कबडी कबडी नेपाली फिल्म हेर्न Dandy Cinema हलमा नेपालीहरु खचाखच भरिएका थिए । कबडी कबडीको अपार सफलतापछि पशुपतिप्रसाद नेपाली फिल्म अब चाँडै प्रदर्शनी गर्ने A& S इभेन्ट अष्ट्रेलियाका सञ्चालक सुवास प्रसाइले जानकारी गराएका छन् । kk दया पात्रको सुरुवात जीवनकालदेखि जीवनका बिभिन्न काल खण्डमा भएका अबरोध र उतार चढावहरुको कथावस्तुलाई समसामयिक रुपले पशुपति प्रसाद फिल्ममा चित्रण गरिएको छ । नेपाली समाजको सत्यपरक तर तीतो यथार्थतालाई फिल्मले सन्देशमुलक तवरले कथावस्तु बनाएको छ । पशुपतिप्रसाद अष्ट्रेलियाको अन्य सहरहरुमा जनवरी २९ देखि नै प्रदर्शन भइसकेकोले क्यानबेरामा पनि छिट्टै प्रदर्शनी गर्ने मिति तय गर्ने सुवास प्रसाइले जानकारी गराएका छन् । नेपाली संस्कृति र नेपालीको समाजको अवस्थालाई दुरुस्तै उतारेकोले पशुपतिप्रसाद फिल्म मनोरञ्जनभन्दा पनि चेतनामुलक र सन्देशमुलक छ । A & S इभेन्टले योसँगै अरु राम्रा नेपाली फिल्म, सांगीतिक कार्यक्रमहरुका साथै वर्थ डे सेलिब्रेटलाई पनि अबको क्यानबेरा सिटीमा प्रदर्शनीमा ल्याउने जनाएको छ । अष्ट्रेलियाको क्यानबेरामा हुने बिभिन्न नेपाली कार्यक्रमका लागि सुवास प्रसाईलाई सम्पर्क गर्न सक्नुहुनेछ ।kkk सम्पर्क : सुवास प्रसाई (+61 0404 036 449)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?