Breaking News

अटिजम भएका बालबालिका लक्षित "ब्युटिफुल माइन्डस् एनरोइड एप्लिकेशन"

Feb Tue 2020 05:40:47

206 views

अटिजम भएका बालबालिका लक्षित "ब्युटिफुल माइन्डस् एनरोइड एप्लिकेशन"

अटिजम भएका बालबालिकाहरुका लागि

" ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशन " सार्वजनिक

  • शर्मिला विश्वकर्मा/ काठमाण्डौं

अटिजम केयर नेपालले यूनिसेफको सहयोगमा झिल्को इनोभेसन कम्पनीसँग मिलेर अटिजम भएका बालबालिकाहरुलाई लक्षित गरेर ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशन निर्माण गरी काठमाण्डौंमा एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । सो कार्यक्रममा ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशन निर्माण समुहका प्रशन्न ज्ञवालीले सो ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशनको बारेमा प्रष्ट पार्नु भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह–सचिव शंकरप्रसाद पाठकले यस्ता प्रविधिहरुहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई सञ्चारमा नजिक बनाउने र आगामी दिनमा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको लागि पनि यस्ता प्रविधिहरुको विकास गर्नु पर्ने कुरामा जोड दिनु भयो । सोही क्रममा यूनिसेफका सामाजिक नीति विशेषज्ञ आलोक रजुरियाले अटिम भएका बालबालिकहरुको सञ्चार, उनीहरुको के कुरामा रुचि छ र कसरी उनीहरुलाई समाजमा हुने कार्यत्रहरुमा सहभागि गराउन सकिन्छ भनेर यो एण्ड्रोएड एप्लिकेशन बनाएको बताउदै आगामी दिनमा पनि यूनिसेफले अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथामिकतामा राखेर काम गर्ने बताउनु भयो । सोही क्रममा अटिजम केयर नेपाल समाजकी अध्यक्ष सुनिता मलेकु अमात्यले अटिजमको बारेमा प्रष्ट पार्दै ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशनले अटिजम भएका व्यक्तिहरुको सञ्चारमा पहुँच प¥याउन सहयोग गर्ने र यसको सबैले सदुपयोग गर्नु पर्ने बताउनु भयो । अटिजम केयर नेपालले यूनिसेफको सहयोगमा झिल्को इनोभेसन कम्पनीसँग मिलेर अटिजम भएका बालबालिकाहरुलाई लक्षित गरेर ब्यूटिफुल माइन्ड्स नामक एण्ड्रोएड एप्लिकेशन ट्याबमा प्रयोग गर्न मिल्ने र उक्त एप्लिकेशनमा अटिजम भएका बालबालिकाहरुले पढ्न सक्ने, कथा, कविता, चित्रकला, गीतसंगीत, क्यामेरा लगाएत ६ वटा अप्सन राखिएको र बच्चाले उक्त एप्लिकेशनबाट कुन चिजमा बढि रुचि राख्ने रहेछ, कस्तो प्रकारको गीत बढि सुन्दो रहेछ, कुन कथाहरु बढी मात्रमा पढ्ने रहेछ भन्ने कुराको पनि रेकर्ड रहने र ग्राफ मार्फत मूल्याङ्ककन गर्न सक्ने व्यवस्था गरेको जानकारी गराईको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?