Breaking News

होलीमा अरुलाई जथाभावी लोला हान्दा यसरी सार्बजनिक अपराधको मुद्दा लाग्न सक्छ ? सचेत बनौ र सभ्य मर्यादित रुपमा होली पर्व मनाऔं

Feb Tue 2020 05:40:27

278 views

होलीमा अरुलाई जथाभावी लोला हान्दा यसरी सार्बजनिक अपराधको मुद्दा लाग्न सक्छ ? सचेत बनौ र सभ्य मर्यादित रुपमा होली पर्व मनाऔं
होली पर्व मनाउने योजना बनाइरहनु भएको छ ? त्यसो भए संयमित भएर मनाउनुस् । अन्यथा तपाईंलाई सार्बजनिक अपराधको मुद्दा लाग्नसक्छ । होली पर्वमा जबरजस्ती रंग दल्ने र लोला हान्ने काम गरे स्थानीय प्रशासनले नियन्त्रणमा लिइ स्थानीय प्रशासन ऐन २०२८ तथा सार्बजनिक अपराध कसुर ऐन २०२७ अनुसार कारबाही गर्छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले कसैको इच्छाविपरित रंग दल्ने, लोला हान्ने, स्वास्थ्यमा प्रतिकूल असर पर्ने रसायन लगायतका पदार्थ छ्याप्ने काम होलीमा बर्जित गरिएको जानकारी दिए । उनले बुधबार सार्बजनिक सूचना निकालेर मर्यादित र व्यवस्थितपूर्वक होली खेल्न तथा यसको सामाजिक, धार्मिक र साँस्कृतिक मर्यादा कायम राख्न सबैलाई आग्रह गरेका छन् । बसन्तपुरमा बुधबार विधिपूर्वक चीर ठड्याएपछि आपसी मेलमिलाप र सदभावको प्रतिक स्वरुप मनाइने होली सुरु भएको छ । तर होलीको मुख्य दिन भने यही चैत ९ र १० गते हो । पहाडी जिल्लाहरुमा ९ गते र तराईका जिल्लाहरुमा १० गते होली मनाउने गरिन्छ । ति दिन सरकारले सार्बजनिक विदा दिने गर्दछ । यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना

 यौन पर्वको रुपमा होली मनाउँछन् भक्तपुरवासी

[caption id="attachment_3004" align="alignnone" width="358"]eQmk'/sf] bQfqo dlGb/ cufl8 /x]sf] k|l;4 eLd;]g dlGb/sf] kf6Ldf eLd;]g / b|f}ktLsf] of}g ;dfudsf] ?kdf Ps ;ftf;Dd k|bz{gdf /flvPsf] 5 . o;nfO{ of}g kj{sf ?kdf oxfFsf afl;Gbfn] xf]nL kj{ dgfpg] u5{g . tl:a/ M /d]z lu/L, eQmk'/, /f;; eQmk'/sf] bQfqo dlGb/ cufl8 /x]sf] k|l;4 eLd;]g dlGb/sf] kf6Ldf eLd;]g / b|f}ktLsf] of}g ;dfudsf] ?kdf Ps ;ftf;Dd k|bz{gdf /flvPsf] 5 . o;nfO{ of}g kj{sf ?kdf oxfFsf afl;Gbfn] xf]nL kj{ dgfpg] u5{g . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;[/caption]

फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एकसातासम्म मनाउने छन् ।

भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म “भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायेक सो झाया ला” (भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि) जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व भक्तपुरमा सुरु भएको हो ।

भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको छ । भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग (काठबाट बनेको) र द्रौपतीको योनीको प्रतीक (कपडाबाट बनेको) लाई झुन्ड्याएर यौन समागमको रुपमा एक सातासम्म प्रदर्शनमा राखिएको छ । काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन (हिजो) दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्याम्हसिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएको थियो । भक्तपुरका संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवारी परम्पराअनुसार यसलाई ‘चीर स्वायेगू’ भनिन्छ । चीर स्वायेगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुन्छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ । बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । आज बिहानदेखि यसको पूजा एवम् दर्शन गर्न स्थानीय जनता मन्दिरमा आउने गर्दछन् । शनिबार र मङ्गलबार यसको पूजा एवम् दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटक पनि यसको अवलोकनका लागि आउने गर्दछन् । दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायेगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ । मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै चल्ने गर्दछ । भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरु भएको हुनसक्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?