Breaking News

एप्पल प्रमुख टिम कुक समलिंगी (गे) रहेको खुलासा

Feb Wed 2020 02:40:40

1474 views

एप्पल प्रमुख टिम कुक समलिंगी (गे) रहेको खुलासा
एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सबैलाई आश्चर्यमा पार्दै आफु समलिंगी (गे) रहेको खुलासा गरेका छन् ।
ब्लुमबर्ग विजनेसविक टुडेमा एक लेख प्रकाशित गर्दै कुकले यस्तो खुलासा गरेका हुन् । कुकले लेखेका छन्, ‘ म स्पष्ट पार्छु-मलाई समलिंगी हुनुमा गर्व छ र मलाई लाग्छ की गे हुनु इश्वरले मलाई दिएको सबैभन्दा ठूलो उपहार हो ।’
कुकले आफ्नो कम्पनी एप्पलका धेरै कर्मचारीलाई आफु समलिंगी भएको कुरा थाहा रहेको भन्दै यसले आफुप्रति कर्मचारीहरुको व्यवहारमा फरक नपर्ने विश्वास व्यक्त गरेका छन् ।कुक लेख्छन्, ‘मैले आफुलाई कुनै अभियानकर्ता ठान्दिन तर अर्काको बलिदालनले मलाई कति फाइदा हुन्छ भन्ने कुरा चाहीँ बुझ्छु । यसकारण यदि ‘एप्पलका प्रमुख कार्यकारी गे हुन्’ भन्ने कुरा सुनेर कसैलाई यदि आफ्नो अस्तित्व स्विकार्न सहयोग पुग्छ वा आफुलाई एक्लो ठानिरहेका हरुलाई ढाडस मिल्छ वा मानिसहरुमा समानतामा वृद्धि गर्नमा प्रेरणा मिल्छ भने मेरो गोप्यताको यो मूल्य चुकाउन लायक छ ।’ स्मरण रहोस् टिम कुकले यहीँ वर्ष अमेरिकाको सन फ्रान्सिस्कोमा भएको समलिंगी प्राइड परेडमा भाग लिएका थिए । अघिल्लो वर्ष वालस्टि्रट जर्नलमा एक सम्पादकीय लेख्दै उनले रोजगारीमा समलिंगीमाथि विभेद हुन नदिने रोजगार अविभेद कानून पारित गर्न अमेरिकी सरकारलाई आग्रह समेत गरेका थिए । कुकले लेखेका छन्, ‘जुन कम्पनीको नेतृत्व गर्नुमा मलाई गर्व छ ऊ सधै मानवअधिकार तथा समानताको हिमायती हो । हामी आफ्नो मूल्यका लागि लडिरहन्छौँ र मलाई विश्वास छ की यो कम्पनीका हरेक सिइओ, चाहे उनीहरु जुनसुकै वर्ण, लिंग तथा लैंगिकताका किन नहोउन् यहीँ गर्नेछन् । म आफैले पनि सबै मानिसबीचको समानताको कुरा अन्तिम स्वास सम्म गरिरहनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?