के त्यसो भए बच्चालाई स्मार्टफोनबाट अलग राख्नैपर्छ ? त्यो कुरा संभव नहोला । अहिलेको युगमा बालबालिकालाई पूर्णत प्रविधिबाट अलग गर्ने कल्पना गर्न सकिदैन । त्यसो भए बच्चालाई कुन उमेरमा स्मार्टफोन दिने त ?
यस सम्बन्धमा बिल गेट्सको सुझाव उपयोगी हुनसक्छ । माइक्रोसफ्टका मालिक तथा विश्वकै धनाड्य बिल गेट्सले बच्चालाई कुन उमेरमा स्मार्टफोन दिने भन्ने सन्दर्भमा यस्तो सुझाव दिएका छन् ।
गेट्सले १४ बर्षको उमेरमा बच्चालाई दिए मोबाइल
बिल गेट्सले भनेका छन् कि, उनले आफ्नो बच्चालाई १४ बर्षको उमेरसम्म स्मार्टफोन चलाउन दिएनन् । गेट्सका बच्चा जबसम्म हाइस्कुल गएका थिएनन्, त्यस बेलासम्म उसलाई मोबाइल फोन प्रयोग गर्न अनुमति दिइएन । एक रिपोर्टलाई मान्ने हो भने, स्मार्टफोन प्रयोग गर्नका लागि बच्चालाई १० बर्षभन्दा कम उमेर सही होइन । साथै यस रिपोर्टमा के पनि भनिएको छ भने ५० प्रतिशतभन्दा बढी बच्चाले ११ बर्षको उमेरमै आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउन्ट बनाउँछन् ।
के भन्छन् गेट्स ?
यो अहिले एकदमै आवश्यक छ कि, अभिभावकले बच्चाका लागि स्क्रिन टाइम निर्धारण गर्नुपर्छ । यस कुरामा ध्यान राखौं कि, स्मार्टफोनको कारण बच्चाको निद्रा प्रभावित नहोस् । तर, बच्चालाई त्यसबेलासम्म त्यो काम गर्नका लागि रोक्न सक्दैनौं, जबसम्म हामी रोकिदैनौ । किनभने बच्चाले त्यही गर्ने हो, जो हामी गर्छौं ।
यसको सोझो अर्थ के भने, तपाईले यदी बच्चालाई स्मार्टफोनको लतबाट छुटाउने हो भने तपाईं आफै पनि त्यसको अनावश्यक प्रयोगबाट टाढा रहनुपर्छ । अर्थात आफुलाई उदाहरणको रुपमा पेश गर्नुपर्छ । साथै बच्चालाई निश्चित अवधीका लागि मात्र स्मार्टफोन प्रयोग गर्न दिनुपर्छ ।