Breaking News

ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !

Feb Tue 2020 05:40:58

549 views

ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !
ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ । प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा बगले आक्रमण गर्ने गर्दछ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गर्दा ह्याकिंगको खतरा हुने देखिएको समाचारमा उल्लेख छ । रिपोर्ट अनुसार आइओएस र एन्ड्रोइड प्लेटफर्ममा प्रयोग गरिने ह्वाट्सएपमा पहिलोपटक गत अगष्टमा यो बग देखा परेको थियो । फेसबुकले यहीँ महिना यो बगलाई नियन्त्रणमा लिएको बताइएको छ । तर यसबारेमा फेसबुकले कुनै टिप्पणी गरेको छैन । त्यसैले बग नियन्त्रणमा लिनुअघि कति ह्वाट्र्सप प्रयोगकर्ता ह्याकरको सिकार बने भन्ने थाहा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?