Breaking News

प्रेममा पागल भएपछि केटाहरुलाई ठग्ने सुन्दरीको प्रहरीमा यस्तो बयान

Feb Tue 2020 05:40:50

570 views

प्रेममा पागल भएपछि  केटाहरुलाई ठग्ने सुन्दरीको प्रहरीमा यस्तो बयान

काठमाण्डौं– आफूलाई डाक्टर दावी गर्दै देशका विभिन्न भागमा रहेका डाक्टरहरुलाई ठग्दै आइरहेकी भगवती केसी नामकी युवती पक्राउ परेकी छिन् । प्रहरीका अनुसार  आफू डाक्टर रहेको र आफू डिआइजीकी छोरी भएको बताउँदै डाक्टरका साथै कलाकर्मी, युवा तथा होटल व्यवसायीहरुलाई ठगी गर्ने गरेकी थिइन् । उनलाई काठमाडौंका सिनामंगलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ । उनले आफ्नो डा सुहाना, अदिति, सृष्टिल लगायत बताउने गरेको बुझिएको छ । २३ वर्षीय उनी गल्मीको हस्तिचौ्र निवासी रहेको प्रहरीले जनाएको छ । उनले काठमाडौं, पोखरा लगायत विभिन्न स्थानहरुमा ठगी गर्दै आएको बताइएको छ ।bhagwati ९८६०७०७५६५, ९८०३१९६३६२, ९८१३६८४८१४, ९८१३६८४८२०,९८०३६४२६०६,  ९८६७२८४३५५, ९८२५१६२४१८, ९८१४११५२९६, ९८१३०५८८७१ लगायतका सम्पर्क नम्बरबाट फोन गरी युवा डाक्टरहरुलाई प्रेममा पारेर ठग्ने गरेको प्रहरीले जनाएको छ । ठगी गर्नको लागि डाक्टर सुहाना केसी नामको फेक आईडी, फेक भाईवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी  सिमहरु प्रयोग गर्ने गरेको प्रमाणित भएको छ । कतिपय ठाउँमा डिआईजी सनत केसीको छोरी भनेर परिचय दिई होटलको बिल नतिरी हिँड्ने गरेको, बिभिन्न स्टोरबाट सामान लिई ठगी गर्ने गरेको बताइएको छ । १ वर्ष अगाडी पोखराका विभिन्न अस्पतालहरु माडाक्टर बनि बिरामीलाई चेकजाँच गरेको बहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाह गर्ने भनि संगै बसी ठगी गर्दै आएको  बताइएको छ ।  काठमाण्डौ प्रवेश गरेपछि पनि विभिन्न डाक्टर उनको चंगुलमा परेका थिए । केही महिनाअघि एक डाक्टरसँग आफू डाक्टर नै रहेको भनेर विवाह प्रक्रिया समेत अघि बढाएकी थिइन् सोही बिचमा उनीहरुको झगडा भएपछि प्रहरी प्रभाग सातदोबाटोमा १ रात थुनामा समेत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?