Breaking News

नेपाल टेलिकमका चोरीका यी नम्बर भएका रिचार्ज कार्ड नकिन्नुहोला

Feb Tue 2020 05:40:15

510 views

नेपाल टेलिकमका चोरीका यी नम्बर भएका रिचार्ज कार्ड नकिन्नुहोला

नेपाल टेलिकमका रिर्चाज कार्ड चोरी भएका छन् । टेलिकमले चोरी भएका कार्डका नम्बर दिंदै ती कार्ड नकिन्न अनुरोध गरेको छ । नेपाल टेलिकमका सहप्रवत्ता डिल्लीराम अधिकारीका अनुसार,त्यस्ता कार्डहरु भेटिएमा वा त्यसबारे कुनै जानकरी भएमा नेपाल टेलिकमलाइ सुचित गर्न अनुरोध गरेको छ । नेपाल टेलिकमले जनाए अनुसार सिरीयल नम्वर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका २ सय वटा कार्ड चोरी भएका हुन् । टेलिकमले यी नम्बरका कार्डहरु रिचार्ज नहुने बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?