फेसबुकलाई ठूलो जरिवाना, वार्षिक नाफाको एक चौथाइ तिर्नुपर्ने
Feb Wed 2020 02:40:43
1008 views
बीबीसी । अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्।
फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।
एसटीसीमा यस सम्बन्धमा मतदान हुँदा ३–२ मतले फेसबुकको जरिबाना तय भएको बताइएको छ। फेसबुक र एफटीसी दुबैले बीबीसीलाई उक्त समाचारका बारेमा टिप्पणी नगर्ने बताए। एफटीसीले सन् २०१८ को मार्च महिनामा अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानको फेसबुकले सन् २०११ को एउटा सहमति भङ्ग गर्यो कि गरेन् भन्नेमा केन्द्रित थियो। सो सहमतिमा फेसबुकले तथ्याङ्क अरूलाई दिँदा प्रयोगकर्तालाई जानकारी दिनुपर्ने र उनीहरूबाट सहमति लिनुपर्ने प्रावधान छ।