नेपाल टिलिभिजनमा प्रसारण हुदै आएको पुरानो कमेडी सिरियल ‘तितो सत्य’ करिब ६०० भागको नजिक आएर औपचारिक रुपमै रोकिएको यसका निर्माता तथा कलाकार दिपकराज गिरीले फेसबुक मार्फत् जानकारी गराएका छन् ।कमेडी सिरियल ‘तितो सत्य’ सहित ‘मेरी बाँस्सै’ र ‘जिरे खुर्सानी’ समेत पटक पटक समय खरिदकर्ता मिडिया हबका कारण बन्द हुदै पुन: संचालन हुने गरेका थिए । तर अहिले सदाका लागि उक्त टिलिभिजनका लागि सिरियल औपचारिक रुपमा बन्द भएको हो । कमेडी सिरियलका शुभचिन्तकका लागि भने दु;खद खबर हो । अब ‘मेरी बाँस्सै’ र ‘जिरे खुर्सानी’ समेत धरापमा रहेको स्रोत बताउछ । ‘तितो सत्य’का निर्माता गिरीका अनुसार हाँस्य सिरियल र चलचित्र निर्माणलाई नै निरन्तरता दिने समेत जानकारी गराएका छन् ।
आदरणिय दर्शक महानुभाबहरू ६०० भाग सम्म निरन्तर प्रसारण भैरहेको नेपालकै सबैभन्दा लामो हास्य धारावाहिक “तीतो सत्य ” अब नेपाल टेलिभिजनमा बाट प्रसारण हुने छैन।
पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने, नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू बिच दर्शकहरू को चाहनालाइ सम्बोधन गर्न नसकिएको अबस्थालाइ बिचार गर्दा, जबरजस्ति कार्यक्रमलाइ टिकाइ रहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानि यो १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेका छौ। यो लामो समय साथ दिने आदरणिय दर्शक, नेपाल टेलिभिजन, सोम दाइ, मीडिया हब कलाकार टेक्निशियन लगायत सम्पूर्ण बिज्ञापनदाता हरूमा ह्दय देखि धन्यबाद दिन चाहन्छौ। कूनै पनि बिश्राम शक्ति संचयका लागि हुनु पर्छ अत: यो पनि छोटो बिस्राम मात्रै हो। तीतो सत्य यूनिटले दर्शकहरू माझ सबै हास्य कलाकारको सहयोगमा ” छ एकान छ” वडा नम्बर छ” जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो अत: भबिष्यमा पनि फेरी नयॉ सोचका साथ हास्य धारावाहिक तथा चलचित्र निर्माण लाइ निरन्तरता दिने नै छ, दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधै झै मनमा सॉचेर बिदा हूदैछौ। हॉस खेल गर्दैमा छूटिने बेला भो आजको दिनैमा। जय नेपाल