Breaking News

बेल्जियममा हेम बस्नेतलाई शरणार्थी शिविरमा आवेदनका लागि भन्दै ठग्ने नेपाली को हुन् ?

Feb Tue 2020 05:40:34

343 views

बेल्जियममा हेम बस्नेतलाई शरणार्थी शिविरमा आवेदनका लागि भन्दै ठग्ने नेपाली को हुन् ?

नेपालीका छन् अनेक दुख र कस्ट । बिदेशको बसाई । सडकमा भौंतारिँदै हिँड्दा कतै नेपाली अनुहार देखिए आफन्तको झल्को आउँछ । निकटताको महसुस नहुने कुरै छैन । तर बिदेशमा बैधानिक कागज भएका । घरबार जोडिसकेका । कामको मेसो भएका । स्थानिय भाषा जान्ने । प्रशासनिक प्रावधान र स्थानिय कानुन अनि परिपाटी जाने बुझेका, टाढा बाठालेनै आपतबिपतमा परेका नेपालीलाई ठग्छन् भने तिनलाई के भन्ने ? लाटोसोझोलाई यस्सो सके सहयोग गर्नु । नसके चुप्प लाग्नु त कहाँ हो कहाँ, उल्टो सहयोग गर्ने नाममा दुई चार पैसो गोजीमा भएको रकमपनि ठगेर बिजोग पारिदिन खोज्छन् भने कसरि नेपाली नेपालीबिच मित्रता र विश्वाश रहन्छ ? बेल्जियमको बिभिन्न नेपाली संघ संस्थामा आबद्द, कम्युनिस्ट पार्टीको सक्रिय कार्यकर्ता एक महिलाले बेल्जियमको शरणार्थी शिबिरमा रहेका एक जोडी नेपालीलाई त्यसैगरि ठगिदिएकि छन् । र ठगिनेहरुले आफुलाई न्याय दिन बेल्जियमका बिभिन्न नेपाली संस्थासित हार गुहार गर्दापनि कसैले सुनुवाई गरेको छैन ।

त्यसरि ठग्ने ब्यक्ति हुन् बेल्जियम निवासी शारदा अर्याल । ठगिने हुन् ओखलढुंगा निवासी हेम बस्नेत जो हाल बेल्जियमको क्लोज क्याम्प भनिने शरणार्थी शिविरमा छन् । बस्नेतले आफूलाई शारदा अर्यालले ठगेकोले न्याय पाउँ भन्दै बेल्जियम स्थित एन अर एन बेल्जियम र केहि संघ संस्था समक्ष लिखित निबेदन दिएर हारगुहारनै गरेका छन् ।

नेपालप्लसलाई प्राप्त उनको निबेदन अनुसार हेम बस्नेत र अर्यालको भेट बेल्जियममै भएको थियो । बस्नेतले उनलाई शरणार्थी आबेदनकालागि सहयोग गर्न भन्दै पाँच सय यूरो समेत बुझाएका थिए । शरणार्थी क्याम्प जानु अघि बस्नेत दम्पत्तीले अर्याललाई आफूसित भएको एउटा आइ फोन, २५० यूरो नगद र ५० बेलायती पाउण्डसमेत राख्न दिएका थिए । तर मान्छे लोभी र किच्चड, पापी र ठग भएपछि कसको के लाग्छ ? पछि बस्नेतले आफ्ना सामान माग्दा सबै हरायो भन्दै पच बनाइन् ।

उनले पटक पटक मागे । उनले त्यो दिन ईन्कार गरिन । त्यसपछि बस्नेतले एउटा लिखित निबेदन दिएर बेल्जियममा भएका सबै संघ संस्थासित हार गुहार मागे । उनले निबेदनमा भनेका छन् ” म यस बेल्जियम मा रहनुभएका सम्पूर्ण  संघ संस्था अनि सम्पूर्ण बेल्जियमबासी नेपाली दाजु भाई तथा दिदि बैनीहरुमा यसै निबेदनका साथ मेरो लुटिएको सम्पति फिर्ता गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । मैले थाहा पाएसम्मका सम्पूर्ण संघ संस्थालाई मेल पठाएको छु । यदी तपाई कसैले पाउनु भएको छैन भने यो पत्रको नमुनालाई नै आधिकारिक पत्र मानी सहयोग गरिदिनुहुन म बिनम्र अनुरोध गर्दछु । साथै बेल्जियममा भएका यस्ता ठगि गर्ने गिरोहको बिरोध गर्दै भण्डाफोर अभियान गर्नुहुन म हार्दिक अनुरोध गर्दछु ।”

शारदा अर्याललाई रकम र फोन दिँदा आफूले सहि नगरेकोले आफुलाई अप्ठेरो परेको र आफ्नो जाने ठाउँ कतै नभएको भन्दै उनले बिलौनापनि गरेका छन् । शारदा अर्याल एन आर एन बेल्जियमको केन्द्रिय सदस्यसमेत रहेकाले उनले एन आर एन अध्यक्ष जानकी गुरुङ लगायत संघ संस्थालाई निबेदन दिएका हुन् । अर्याल नवलपरासी सहायता समाजको उपध्यक्षपनि हुन् । त्यस्तै नेकपा एमाले निकट नेपाली लोकतान्त्रिक मञ्चको सक्रिय कार्यकर्ता ।

नेपालप्लससित सुरक्षित रहेको उनको अडियो प्रतिक्रिया अनुसार शरणार्थी आबेदनका अलगि सहयोग गर्ने भनेर शारदाले पाँच सय यूरो लिएपनि उनले खासै सहयोग गरिनन् । तर उनीकहाँ बसेर खाएकाले आफूले त्यो पाँच सय त्यसैमा कट्टि भएअनुरुप बुझेर चित्त बुझाएको बताए । तर आफ्नो सामानका बारेमा भने उनले भने “म शरणार्थी क्याम्प भएको मान्छेको सामान राखिदिन्छु भन्दै लगेर यसरि हरायो भनेर ठग्ने ? आफुले लगेको सामान त जे भएपनि फिर्ता गर्नुपर्यो नी”। आफूले बिभिन संघ संस्थासित न्यायकालागि हारगुहार गरेपनि हालसम्म त्यसको पहल नभएपनि पैसा र मोबाईल फिर्ता पाउने आशामा रहेको बताए । उनले त्यहाँका संघ संस्थालाई सहयोगको याचना गर्दै पठाएको निबेदन हेर्नुस् जस्ताको तस्तै-

श्री

 एन आर  एन / अन्य संग सस्था का पर्तिनिधिहरु 

विषये : सहयोग गरिदिनु बारे 

महोदय ,

उपरोक्त सम्बन्धमा म हेम बस्नेत नेपाल  ओखाल्दुंगा घर भै हाल बेल्जियम को क्लोस कम्प मा छु , म बेल्जियम मा पर्बेश गरेपछि एन आर  एन सदस्य समेत रहनुभएकी श्रीमती सारदा अर्याल संग भेट भएको र उहलेनै मेरो सरनार्थी केस  गरिदिनु भएकोथियो जसबापत उहाले म संग बाट ५०० यूरो लाग्छ भनेर लिनु भयो तेतिमात्र नभएर मैले उहालाई राख्न दिएको आइ फ़ोन्फोर एस, २५० यूरो अनि ५० £ हरायो भनेर दिन इन्कार गर्नुभएको छ  तेसैले म एस बेल्जियम मा रहनुभएका सम्पूर्ण  संग्सस्था अनि सम्पूर्ण बेल्जियम बासी नेपाली दाजु भाई तथा दिदि बैनी हरुमा यसै निबेदन का साथ् मेरो लुटिएको सम्पति फिर्ता गरदिनुहुना बिनम्र अनुरोध गर्दछु मैले थाहा पाए सम्मका सम्पूर्ण संग सस्था लै मेल पठाएको छु एदी तपाई कसैले पाउनु भएको छैन भने यो पत्रको नमुनालाई नै अधिकारिक पत्र मानी सहयोग गरिदिनुहुन म बिनम्र अनुरोध गर्दछु साथै बेल्जियम मा भएका एस्ता ठगि गर्ने गिरोहको बिरोध गर्दै भण्डाफोर अभियान गर्नुहुन म हार्दिक अनुरोध गर्दछु भर्खर फोन बाट उहाले  मोबाइल दिएको परमाण लिएर आउनु समेत भन्नु भाको छ समान दिदा मैले सहि गरैना अब म के गरम ….

पिडित

हेम बस्नेत

 +32 487 26 09 50      

- Nepalplus.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?