त्यस मध्ये पृथ्वीबाट प्रष्ट देख्न सकिने ‘प्राइम लोकेशन’ मा रहेको ‘बे अफ रेन्बो’ मा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार ‘१० एक्री’ नै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउछन्। जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उनको अनुमान छ ।
‘एक एक्री’ बराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । त्यति बराबरको रकम जर्मनीमा रहेका छोरा उज्जवल कुमार जोशीले आफ्नो क्रेडिट कार्डमार्फत् बुबाको नाममा बुझाएपछि ‘दि लुना रजिष्ट्री’ मार्फत् चन्द्रमाको नागरिक साथै जमिनका मालिक समेत बनेको प्रमाण–पत्र पाएका जोशीले हाललाई आफ्नो सानोबेलादेखिको सोख मात्रै पूरा भएको ठानेका छन् ।