खुल्यो रसुवागढी र सान्जेन जलविद्युतको दोस्रो आईपीओ, कसले भर्न पाउँने ?
Feb Wed 2020 02:40:24
847 views
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सोमबारदेखि दोस्रो साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् ।
रसुवागढी र सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता कर्मचारी संचय कोषका कर्मचारीलाई ४७ करोड २१ लाख ४४ हजार रुपैयाँ बराबरको ४७ लाख २१ हजार कित्ता आईपीओ सोमबारदेखि बिक्री खुला गर्न लागेका हुन् ।
यसमध्ये रसुवागढीको ३० करोड ७८ लाख ९४ हजार रुपैयाँ र सान्जेनको १६ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
मंसिर २२ गतेसम्म वहाल रहेका कर्मचारीले मात्र सेयर खरिदका लागि आवेदन दिन पाउने भएका छन् ।
आईपीओ निष्कासन चैत १३ गते बन्द हुनेछ ।