Breaking News

केपी ओलीले फेक आइडी बन्द गर्न सचिवालय गुहारे

Feb Tue 2020 05:40:22

553 views

केपी ओलीले फेक आइडी बन्द गर्न सचिवालय गुहारे
kp-oli1  काठमाडौं ।‘नक्कली’ फेसबुक आइडी का कारण हैरान भएका छन् , प्रधानमन्त्रीको दौडमा रहेका एमाले अध्यक्ष केपी ओली । ओलीको सचिवालयका अनुसार अहिले सम्म ओलीको आधिकारिक फेसबुक आइडी छैन त्यहीपनि ओलीका नाममा विभिन्न आइडी बनाएर उनले बोल्ने जस्तै भाषा र उनका गतिविधिहरु पोष्ट हुने गरेका छन् । ओलीको स्वकिय सचिव इन्द्र भण्डारीको भनाई अनुसार, ‘उहाँले फेसबुक चलाउनु हुन्न, फेसबुकमा जती पनि उहाँको नामको आइडीबाट पोस्ट हुने गरेको छ, त्यो सबै नक्कली हो’ ’यस्ता पोस्टलाई आधिकारिक नमान्न आग्रह छ ।’ ओलीको नामका नक्कली आइडी धेरै भएपछि सचिवालयले प्रहरी मार्फत् सबै बन्द गरेको थियो । फेरीपछि यस्ता आइडीहरु खुलेका छन् र यस्ता फेक आइडी बन्द गराइदिन ओलीको सचिवालयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?