Breaking News

पृथ्वीबाट मानव जीवन समाप्त हुने खतरा !

Feb Tue 2020 05:40:18

429 views

पृथ्वीबाट मानव जीवन समाप्त हुने खतरा !

पृथ्वी समाप्त हुने नयाँ दिशातिर रहेको अमेरिकाका तीन विश्वविद्यालयको एक नयाँ अनुसन्धानले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिलो समाप्त हुने प्रजाति मानव हुनसक्ने दाबी गरिएको छ । स्टेनर्फड, पि्रन्सटन र बर्क विश्वविधालयको उक्त सोधमा मेरुदण्ड हुने जीवन लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्धि भइरहेको जनाइएको छ । यस प्रकारको निष्कर्ष गत वर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो । ४ सय प्रजाति विलुप्त सोधकर्तामध्येका एकजनाले भने, 'हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।' ठूलो परिमाणमा प्रजातिहरु लोप हुने यसप्रकारको पछिल्लो घटना साढे ६ करोड वर्ष पहिला भएको थियो । त्यतिबेला डायनोसरस लोप भएको थियो । प्रमुख सोधकर्ता गेरान्डो सेबालोसले भने,'यदि यही स्थिति कायम रहने हो भने पृथ्वीमा जीवन पुनः आउनका लागि कैयौं लाख वर्ष लाग्नेछ र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ ।' उक्त शोध प्रतिवेदनमा प्रतिवेदनमा सन् १९०० देखि हालसम्म मेरुदण्ड भएका ४ प्रजाति लोप भइसकेको उल्लेख छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १० हजार वर्षमा मात्र हुने गरेको छ । स्टेनर्फड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले मानव आफैले नै आफू बसेको रुखको हाँगा काटिरहेको बताए । इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचरकाअनुसार प्रत्येक वर्ष ५० जनावर लोप हुने अवस्थाको एकदमै नजिक पुग्छन् । -बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?