Breaking News

प्याब्सन एनप्याब्सनले नाकाबन्दी विरुद्ध बिद्यार्थीको मानव साङ्लोले चक्रपथ घेर्ने यस्तो योजना

Feb Tue 2020 05:40:55

456 views

प्याब्सन एनप्याब्सनले नाकाबन्दी विरुद्ध बिद्यार्थीको मानव साङ्लोले चक्रपथ घेर्ने यस्तो योजना

फणीन्द्र फुयाल ज्वाला ।

काठमाडौं, ८ मंसिर । बिगत दुई महिना भन्दा बढिसमयदेखि भारतले नेपालमा लगाएको नाकाबन्दीको बिरोधमा बिभिन्न संगठनहरुले विद्यार्थीको प्रयोग गर्दे २७.५ किलोमिटर लामो चक्रपथमा मानव साङ्लो पदर्शन गर्ने भएका छन् । उच्च माध्यमीक विद्यालय संघ (हिसान), प्राईभेट बोर्डिङ स्कुलहरुको संगठन (प्याव्सन), र राष्ट्रिय पाईभेट तथा बोर्डिङ स्कूल संगठन नेपाल (एनप्याब्सन)ले भारतीय नाकाबन्दीले गर्दा ग्यास तथा पेट्रोलियम पदार्थमा चरम अभाव सिर्जना भई विद्यार्थीहरुको घरमा खाना पकाउन, विद्यालयका सवारी साधन चलनाउन, होस्टेल सञ्चालन गर्न, सार्वजनीक सवारी साधन चल्न समेत नसकेको भन्दै सरकार तथा सरोकार निकायको ध्यान तत्काल समस्या समाधातर्फ जावस भन्ने हेतुले यस्तो बिरोधको कार्यक्रम आयोजना गर्न लागेका हुन् । आगामी शुक्रबार (मंसिर ११ गते) ११ बजेदेखि १२ बजे सम्म गरिने यस कार्यक्रममा हिंड्न सक्ने जति सवै उमेरका विद्यार्थीलाई अनिवार्य उपस्थित गराईने एनप्याब्सनका केन्द्रिय अध्यक्ष सीपी आचार्यले अनलाईन पत्रिकालाई बताए । उनले भने– हामी २ लाख भन्दा बढी बिद्यार्थी उतार्ने छौं । उनी भन्छन्, नेपालको संविधानमा मात्र नभई युनिसेफको विधानमा समेत विद्यार्थीले निर्वाध रुपमा विद्यालयमा शिक्षा लिन पाउने नैसर्गीक अधिकार उल्लेख गरिएको छ । तर नेपालमा भारतको नाकाबन्दी र अन्य राजनीतिक दलको आन्दोलनका कारण बिगत १०० दिनदेखि विद्यालयहरु खुल्न सकेका छैनन् । यस्ता कार्यक्रमहरु जिल्ला जिल्लामा समेत गर्न आव्हन गर्ने उनको भनाई छ । वाल अधिकारको हनन् भएको हुनाले यस कार्यमा विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक सवैको सहभागीता रहेने हिसानका अध्यक्ष उमेश श्रेष्ठले बताए । उनका अनुसार चक्रपथ घेराउ गर्ने यो कार्य देशलाई असफल राष्ट्रबाट जोगाउनुका साथै वालवालिकाको पढ्न पाउने अधिकार सुनिष्चित गर्नका लागि आयोजना गरिएको हो । जनचेतना फैलाउने अभिप्रायले यो कार्यक्रम आयोजना गर्न लागिएको बताउदै श्रेष्ठले भने, हामी कसैलाई ज्ञापन स्यापन दिंदैनौं, काम गछौं । सो काम गर्नका लागि ८ देखि १२ कक्षा सम्मका करिव ४ देखि ५ लाखको संख्यामा विद्यार्थीहरु सामेल हुने बताए । त्यसैगरी अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले चक्रपथ घेराउ गर्ने कार्यक्रमको बारेमा आफुलाई कुनै औपचारीक जानकारी नभएको बताए । उनले विद्यार्थीलाई कुनै पनि प्रकारको हिंसात्मक, राजनीतिक कार्यक्रममा लगाउनु उनीहरुको अधिकार खोस्ने कार्य भएको भन्दै त्यस्ता कार्यक्रममा १६ वर्ष उमेर भन्दा मुनिका विद्यार्थी हरुलाई प्रयोग गर्न नहुने बताए । प्याब्सनका केन्द्रिय महासचिव डीके ढुंगाना भन्छन्, हामी मानव साङ्लो बनाउने अभियानमा काठमाडौंका १७ सय स्कूलका सवै विद्यार्थीहरुलाई चक्रपथमा उतार्र्दै छौं । यतिबेला देशका ७१ लाख विद्यार्थीको पढाई नाकाबन्दीका कारण अवरोध भएको छ, हामी एक दिनको पढाई त्यागेर भविष्य सुनिष्चित हुन्छ भने त्यो काम किन नगर्ने भनेर विद्यार्थी, अभिभावक, कर्मचारी, शिक्षक सवैको सहभागीतामा एक घण्टे उक्त कार्य सफल पार्ने योजनमा छौं ।

- onlinepatrika.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?