Breaking News

नेपालमा अनलाइनबाटै विश्वविद्यालयको पढाइको तयारी

Feb Tue 2020 05:40:23

236 views

नेपालमा अनलाइनबाटै विश्वविद्यालयको पढाइको तयारी

सरकारले  अनलाइनबाटै भर्ना हुने, पढ्ने र परीक्षा समेत दिनसक्ने गरी विश्वविद्यालय स्थापना गर्दैछ । नियमित क्याम्पस जान नभ्याउने तथा श्रमका लागि विदेशमा गएकाहरुले समेत आफ्नो पढाईलाई निरन्तता दिन सक्नेगरी शिक्षा मन्त्रालयले ल्याएको प्रस्ताव संसदले स्वीकार गरेको छ ।

संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिले खुल्ला विश्वविद्यालय स्थापना गर्न प्रस्तावित विद्येयक पारित गरेको हो । विद्येयक भोलि संसदमा दर्ता हुँदैछ ।

व्यवस्थापिका संसदले विद्येयक पारित गरेसँग ऐनको रुपमा लिनेछ । यससँगै खुल्ला विश्वविद्यालय स्थापना गर्ने कानुनी ढोका खुल्नेछ । के हो खुल्ला विश्वविद्यालय ?

खुल्ला विश्वविद्यालयमा विद्यार्थीलाई कक्षाकोठामा मात्रै नराखी अनलाइन, नेट तथा अन्य माध्यमबाट पनि पढाउने गर्छ । अनलाइनबाटै भर्ना प्रक्रिया अघि बढाउँछ । र, पढ्नुपर्ने विषयहरु समेत अनलाइनबाटै पढाइन्छ ।

जो परिक्षाका लागि तयार हुन्छ, उसले परिक्षाका लागि निवेदन दिन्छ । परिक्षा समेत प्रत्येक बर्ष दिनैपर्छ भन्ने हुँदैन, आफू तयार भएपछि परीक्षामा सहभागी हुन सकिन्छ ।

यस्तै परीक्षासमेत अनलाइनबाटै लिने व्यवस्था गरिएको हुन्छ । परीक्षा प्रणालीमा प्रयोगात्मक विधिलाई जोड दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?