Breaking News

२००६ बाट रोकएको नेपालको सबैभन्दा ठूलो पुरुष सौन्दर्य प्रतियोगिता – मिस्टर नेपाल २०१६ हुदै

Feb Tue 2020 05:40:46

441 views

२००६ बाट रोकएको नेपालको सबैभन्दा ठूलो पुरुष सौन्दर्य प्रतियोगिता – मिस्टर नेपाल २०१६ हुदै

काठमाडौँ । एक्पोज नेपालको आयोजनामा यसवर्ष पनि नेपालको सबैभन्दा ठूलो पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०१६ आयोजना हुने भएको छ । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले काठमाडौं तथा काठमाडौं बाहिरको मुख्य शहरहरुमा आवेदन फारम वितरण गरिएको एक्पोज नेपाल का अध्यक्ष दिनेश शाहीले जानकारी दिए । एकसाताअघिबाट काठमाडौंमा फारम वितरण भइरहेको र उपत्यका बाहिर पनि छिटै फारम वितरण गरिने जानकारी गरायो । आबदेन पश्चात दुई चरणमा अडिसन लिइने र फाइनल अडिसनको लागि ४० देखि ४५ जना छानिनेछन् । ‘मिस्टर नेपाल २०१६’को उपाधिका साथमा नगद १ लाख रुपैया, नेपाली फिल्ममा मुख्य भूमिकामा अभिनयको अवसर, व्यक्तिगत व्यवसाहिक वेभसाइट, विभिन्न अन्तराष्ट्रिय उत्पादनको ब्रान्ड एम्बेसडर, बिज्ञापन अभिनय अवसरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् । आधा दर्जन उप–विधामा पुरस्कृत गरिने प्रतियोगीताको अन्तिम स्पर्धा सन् २०१६ को जनवरीमा हुनेछ । सन् २००१ बाट सुरु भएको मिस्टर नेपालको सन् २००६ पछि विधि कारणले रोकिएको थियो । करिव चारवर्ष रोकिएको मिस्टर नेपालले फेरि सन् २०११ बाट निरन्तरता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?