सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै
Feb Tue 2020 05:40:17
445 views
प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको दुई दिनमै बजारमा सूचीकृत हुन थालेकोले पनि लगानीकर्ताहरु प्राथमिक बजारमा इच्छुक देखिन थालेका छन् ।
अर्कोतर्फ, बजारमा कर्जा योग्य पुँजी अभावले निक्षेपको ब्याजदर घट्न सकेको छैन भने कर्जाको ब्याजदर पनि महंगिएको छ । तत्काल पुँजी अभावको समाधान नहुँदासम्म बजार बढ्न समस्या नै रहेको बजार सरोकारवालाहरुले बताएका छन् ।