Breaking News

कवाडी एप्सले मोबाइलबाटै फोहोर यसरी व्यवस्थापन गर्नेछ

Feb Tue 2020 05:40:34

733 views

कवाडी एप्सले मोबाइलबाटै फोहोर यसरी व्यवस्थापन गर्नेछ
ललितपुर महानगरपालिकाले ब्लु टेक्नोलोजी र ब्लु वेस्ट टु भ्यालु प्रालिसँगको सहकार्यमा ‘कवाडी’ नामक एप्स सञ्चालनमा ल्याएको छ । कवाडी संकलन गर्न कवाडीवालाले समेत कराउँदै वा बार्गेनिङ गर्दै घरघर वा अस्पताल आदि धाउनु पनि नपर्ने भएको छ । पुनः प्रयोग गर्न मिल्ने नकुहिने ९अजैविक० फोहोर छ भने तपाईंले मोबाइलबाटै एप्स प्रयोग गरेर सजिलै घरैबाट बिक्री गर्न सक्नुहुनेछ । मोबाइलमा कवाडी नामको एप्स डाउनलोड गरेपछि तपार्इंले त्यसकै प्रयोगबाट आसपासको दुई किलोमिटरभित्र रहेका कवाडीवालाको सूची देखिनेछ । सोही आधारमा सम्पर्क राख्न सक्नुहुनेछ । कवाडीवाला छनोट गरेपछि आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर राख्ने र आफूले बिक्री गर्न चाहेको प्लास्टिक वा सिसा आदि के हो त्यो उल्लेख गर्ने साथै कति किलो छ, प्रत्येक नकुहिने फोहोरको नाम उल्लेख गर्नु पर्नेछ । सबै यस्ता फोहोरको दर त्यहीँ उल्लेख हुन्छ । यसले न घरधनी न कवाडीवाला कसैले पनि मूल्यमा बार्गेनिङ गर्नुपर्ने छैन । त्यसपछि सोधिएका विवरण भरेर अन्त्यमा ‘ओके’ गर्नुपर्छ । यसपछि कवाडीवालाले तपाईंले दिएको ठेगाना र सम्पर्कका आधारमा फोहोर संकलन गर्नेछ । कवाडीवालाले सामान लिएसँगै रकम तिर्नेछ । एप्समार्फत नकुहिने फोहोर एप्समा राख्न द्विविधा भए वा फोहोरको वर्गीकरण गर्न दोधार भए सोको फोटो खिचेर एप्समा अपलोड गर्न मिल्ने व्यवस्था छ । एप्सका साथै वेबसाइट, फेसबुक पेज, भाइबर, इन्स्टग्राम, ट्वीटर पेजबाट पनि कवाडीवालासँग सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?