Breaking News

टाइनिविट्स फाउन्डेसन द्धारा “लेट्स इस्क्याच” नामक कार्यक्रम संचालन

Feb Tue 2020 05:40:14

399 views

टाइनिविट्स फाउन्डेसन द्धारा “लेट्स इस्क्याच” नामक कार्यक्रम संचालन
सिन्धुपाल्चोक जिल्ललाको चौतारामा टाइनिविट्स फाउन्डेसन द्धारा “लेट्स इस्क्याच” कार्यक्रम सम्पन्न भएको छ । कम्प्युटरमा हुने पोग्रामिङलाई सजिलो तरिकामा सिकाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । उक्त कार्यक्रममा चौतारा सांगाचोकगढी नगरपालिकामा रहेका विद्यालयहरु मध्ये १९ वटा विद्यालयहरुमा कम्प्युटर विषय शिक्षण गर्ने शिक्षकहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा इस्क्याच प्रोग्रामको बारेमा सहज ज्ञानको जानकारी दिइयो । कार्यक्रमका प्रशिक्षक रविन श्रेष्ठले इस्क्याच प्रोग्रामको प्रयोगको फाइदा र यसबाट विद्यार्थीहरुलाई हुन सक्ने फाइदाको बारेमा बताए । “इस्क्याच प्रोग्राम सजिलो तरिकाबाट कम्प्युटरमा गेम र एनिमेसन गर्ने प्रकृया हो । यस कार्यका लागि कुनै खालका प्रोग्रामिङ कोडहरु घोक्न पर्दैन । प्रशिक्षक स्वर्णिम श्रेष्ठले इस्क्याच को थप जानकारी दिई कार्यक्रमलाई ज्ञानमुलक बनाइएका थिए । सबै उपस्थितहरुले प्रत्यक्ष गेम र एनिमेसन बनाउदा कार्यक्रममा रौनकता भरिएको थियो । “यो प्रकृया विद्यार्थीहरु माझ निक्कै नै नयाँ र रोमाङ्चक हुने र कम्प्युटरमा गेम खेल्ने बानि परेकोहरुलाई आफैँले बनाएको गेम खेल्दा छुट्टै आनन्द हुने कार्यक्रमका एक सहभागी शिक्षकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?