Breaking News

२०७३ को नयाँ वर्षको शुभदिनमा फुटुङ र टोखा जोड्ने संगम पुलको उद्घाटन र सञ्चालन

Feb Tue 2020 05:40:29

157 views

२०७३ को नयाँ वर्षको शुभदिनमा फुटुङ र टोखा जोड्ने संगम पुलको उद्घाटन र सञ्चालन
  • सावित्री बस्नेत,/साङ्ले खोला ,काठमाडौं

नयाँ वर्षको शुभदिनको बिहानी एक सामाजिक कामको शुरु भएको छ । जनताको आधारभुत आवश्यकता र देश विकासको आधार विकास निर्माण नै हो । विकास निर्माणका लागि सामाजिक उत्तरदायित्व पनि उत्तिकै आवश्यकता छ भने राजनीतिक प्रतिबद्धता पनि चाहिन्छ । यति मात्र भएर मात्र पुग्दैन, स्थानीयबासिन्दाको सहयोग र साथ पनि विकास निर्माणको दिगो आधार हो । यी सबै कुराको मेल बन्यो टोखा गंगबु, साङ्ले खोला जोड्ने संगम पुल । टोखा गंगबु, साङ्ले खोला पुल निर्माण उपभोक्ता समितिको अगुवाईमा संगम पुलको निर्माण २०७२ को अन्तिम दिनसम्म सम्पन्न भएको हो । काठमाडौं क्षेत्र नं ६ का सभासद भीमसेनदास प्रधानको राजनीतिक पहलमा सभासदको कोषको १० लाख सहयोग नै संगम पुल निर्माणका लागि विशेष आधार बनेको टोखा गंगबु, साङ्ले खोला पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । तारकेश्वर नगरपालिकाको सहयोग पनि उक्त पुल निर्माणको लागि जुटेको थियो ।1

राजधानीको नजिक भएर पनि धेरै समय पछि स्थानीय समुदायको एकता सभासद् भीमसेनदासको राजनीतिक पहलमा संगम पुल निर्माण सम्पन्न बनेको हो । पुल निर्माणका लागि नपाली कँग्रेसको विशेष पहल रहेकोले यसको सबैले प्रशंसा गरेका थिए । विकास निर्माणका लागि पहल जुनसुकै राजनीतिक दलले गरे पनि सामूहिक एकता सबै पार्टीको रहनुपर्ने र त्यसको लागि उपभोक्ता समितिको ध्यान जानुपर्ने पुल उद्घाटनको क्रममा सभासद भीमसेनदास प्रधानले बताए । नेपाल भुकम्प जोखिम क्षेत्र रहेकोले विकास निर्माणका लागि दिगो संरक्षणको नीति कडाईका साथ उपभोक्ता समिति र स्थानीयबासीको अनुगमन गर्नुपर्नेमा पनि भीमसेनदासले सबैको ध्यानाकर्षण गराए । संगम पुल उद्घाटनका क्रममा जिल्ला विकास समिति काठमाडौंका बरिष्ठ इन्जिनियर, तारकेश्वर नगरपालिकका कार्यकारी अधिकृत, मनमैजु, टोखा, गंगबुका स्थानीय निकायका प्रतिनिधि, टोखा गंगबु, साङ्ले खोला पुल निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु र जनसमुदायको उपस्थिती रहेको थियो । कुल ८२ लाख लागतमा निर्माण सम्पन्न संगम पुल निर्माणमा ६० प्रतिशत जनसहभागीता र ४० प्रतिशत सरकारी तहबाट सहयोग प्राप्त रहेको टोखा गंगबु, साङ्ले खोला पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

4 २०७३ सालको शुभ बिहानीसँगै शुभकामना आदानप्रदान गर्दै क्षेत्र नं ६ नेपाली कँग्रेसका सभासद् भीमसेनदासले पूजाआजा सहित संगम पुलको उद्घाटन गरे । पुल उद्घाटनसँगै सार्वजनिक रुपमा आवजावतका लागि प्रधानसहित सरोकारवाला निकायका प्रतिनिधिहरु, उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीय बासिन्दाहरुले हिडेर पुल पार गरेका थिए । जेहोस् विकास निर्माणका लागि राजनीतिक पहलसँगै स्थानीयबासीको एकताको शुभ खबर संगम पुल सञ्चालनबाट २०७३ ले आम नेपालीका लागि शुभ संकेत दिएको छ । यस्तै सामाजिक एवं सार्वजनिक काममा राजनीतिक ध्यान जान सकोस् हामी सबैको शुभेच्छासहित नववर्ष २०७३ को शुभकामना छ ।

फुटुङ र टोखा जोड्ने संगम पुलको उद्घाटनको फोटो झलकहरु

1 2 3 4 9 7 6 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?