प्रकाश खतिवडा
काठमाडौँ – स्ल्याश प्लस ट्रेनिङ सेन्टरको आयोजनामा, आइसीटी फ्रेम र नेसनल आइसिटि क्लबको साझेदारीमा एक दिनको वोर्डप्रेस र एसइओ सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौँको लैनचौर स्थित अमृत साइन्स कलेजमा भएको हो । कार्यक्रममा वोर्डप्रेस र एसइओबारे विभिन्न जान्कारी दिइएको थियो । एसइओ एक्स्पर्ट तथा कन्सल्टेन्ट प्रकाश खतिवडाले सर्च इन्जिन अप्टिमाइजेसन के हो, एसले सर्च इन्जिनमा कसरि काम गर्छ, वेब प्रमोसन कसरि र कुन कुन तरिका बाट गर्न सकिन्छ र यसले बिजनेसमा पार्ने प्रभाबको बारेमा प्रिजेन्टेसन गरेका थिए भने वेब कन्सल्टेन्ट तोरण भट्टराईले वेबसाइट डेब्लोप्मेंट प्रोसेस, कोड अप्टिमाइजेसन, वेब डेबलोप्मेंटका समस्या लगायत प्रोग्रामिंगको भविष्यका बारेमा सहजीकरण गरेका थिए । सो कार्यक्रमलाइ आइसीटी फ्रेमले मिडिया साझेदारी गरेको थियो ।
कार्यक्रममा बोल्दै अमृत साइन्स क्याम्पसका CSIT डीपार्टमेन्टका शिक्षक बिनोद अधिकारीले भने, “कोर्समै मात्र सिमित हुने बिद्यार्थीको लागि कलेजमै आएर एस्तो प्रोग्राम हुनु एकदम राम्रो कुरो हो”, भन्दै क्ष्त् क्षेत्र र एसको महत्वको बारेमा आफ्ना भनाइ प्रस्तुत गरेका थिए । सीएसआइटी बिद्यार्थी एसोसिएसनका अध्यक्ष आभाष अधिकारीले भने, “ बिधार्थीको कोर्सलाइ पनि सहयोग हुने खाले एस्तो कार्यक्रम लिएर आउने बातावरण आगामी दिनमा कलेजले पनि निर्माण गर्नु पर्दछ” ।
६० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रमलाइ, सिएसआइटी एसोसिएसन, आइसिटी फ्रेम, अमृत साइन्स कलेज लगायतको सहयोग रहेको थियो । अन्त्यमा स्ल्याश प्लस ट्रेनिंग सेन्टरका तर्फा बाट कार्यक्रम आयोजक रबिन्द्र अर्यालले आगामी दिनमा पनि विभिन्न संस्था र कलेजहरुमा यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै जाने लक्ष रहेको जानाकारी दिनु भयो।