Breaking News

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल

Feb Tue 2020 05:40:15

989 views

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्राधिकरणको निमित्त अध्यक्ष रहलेका खनाललाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अध्यक्ष पदमा १२ जनाको आवेदन परेकोमा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ नेतृत्वको छनौट समितिले ३ जनाको नाम प्रकाशन गरेको थियो । समितिले ३ जनाको नामबाट पनि  खनालको नाम छनौट गरेर मन्त्रिपरिषद्मा पठाएको थियो ।दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाले राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?