Breaking News

काठमाडौंमा हाइटेक मेट्रो बस सञ्चालनमा

Feb Tue 2020 05:40:38

272 views

काठमाडौंमा हाइटेक मेट्रो बस सञ्चालनमा

महानगर यातायात प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो ।

हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक हुने भएको छ ।

यसले सेवा दिन थालेपछि सार्वजनिक यातायालते नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रालिको छ । आजबाट राजधानीमा ३९ वटा मेट्रोवस पहिलो चरणमा सञ्चालनमा आउने बताइएको छ ।टाटाको प्रिमियम ब्रान्ड अल्ट्रा बसमा ३२ सीट सिट रहेका छन् भने बसको बीचमा हाइड्रोलिक ढोका राखिएको छ । यो गाडीले एक पटकमा ७० जना यात्रु बोक्न सक्नेछ । ३२ जनाले सीटमा बसेर यात्रा गर्न सक्नेछन् भने बाँकी यात्रुका लागि सिलिङमा ‘स्ट्राइक’ समातेर उभिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?