Breaking News

नेपालमा साइबर सुरक्षाको चुनौती बढ्नुमा साइवर चेतनाको कमी -डा. रामहरि सुवेदी

Feb Tue 2020 05:40:27

256 views

नेपालमा साइबर सुरक्षाको चुनौती बढ्नुमा साइवर चेतनाको कमी -डा. रामहरि सुवेदी
उनले नेपालमा पनि यसैको प्रभावले साइबर अपराध बढिरहेको बताउँदै उनले यसलाई नियन्त्रण गर्न इलेक्ट्रोनिक डिभाइसलाई सही सदुपयोग गर्नु पर्नेमा जोड दिए। उनले नेपालमा प्राय मोबाइल र क्म्प्युटरबाट धेरै साइबर अपराधका घटना हुने गरेको तथ्याङहरु पेश गरे।
उनले भने, ‘नेपालमा लक्की ड्र, फेक इमेल, मालवेयर भाइरस अन्जानमा क्लिक गर्दा यसको स्तर माथि पुगेको छ। यसबाट बच्न आइसिटी शिक्षाको जरुरी छ, साथै जनचेतना मूलक कार्यम्रम समेत स्कुलका विद्यार्थीहरुलाई दिनु जरुरी छ।’Cyber_Security_campaign_
यस्तै नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखाका डिएसपी पशुपति रायले साइबर अपराध नेपालमा सामाजिक सञ्जालको कारण मौलाउँदै गरेको बताए। उनले भने, ‘ नेपालमा बढ्दो सामाजिक सञ्जालप्रतिको मोह र यसमा आफ्नो सबै गोप्य सूचनाहरु सार्वजनिक गर्ने प्रवृतिले अपराधको स्थिति दिनदिनै बढ्दै गएको हो।’
उनले नेपालमा सबैभन्दा धेरै सामाजिक सञ्चालको प्रयोग, इमेल फ्रड/ब्ल्याकमेल, वेबसाइट ह्याक र कपीराइट चोकरीको घटनामा साइबर अपराध बढेको र यसमा धेरै स्कुलमा पढ्दै गरेका विद्यार्थीहरु संलग्न रहेको जानकारी दिए। उनले यसबाट बच्न सबैभन्दा पहिला अभिभावकले आफ्नो छोराछोरीको निगरानी गर्नुपर्ने, स्कुले जीवनमा मोबाइल कम प्रयोग गर्न दिने र विद्यालयमा पनि शिक्षकले विद्यार्थीहरुको मोबाइलमा निगरानी बढाउनु पर्ने सुझाव दिए।
उनले पछिल्लो समय नेपालमा साइबर अपराध नेपाली फिल्मको कपीराइट चोरी गर्नेहरुको समूह बढी सक्रिय रहेको जानकारी दिए। उनले भने, ‘स्कुले विद्यार्थीहरुको समूहले नेपाली नयाँ चलचित्रको कपीराइट चोरी गर्दै पेन ड्राइभबाट विभिन्न कलेजमा ट्रान्सफर गर्ने काम भइरहेको छ।
यसमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। जसमा दुई जना विद्यार्थी पक्राउ गरि अनुसन्धान गरिहेका छौ।’ उनले विद्यार्थीहरुलाई इन्टरनेट सञ्जालमा आइसकेपछि के गर्न हुन्छ र के गर्न हुँदैन भनेर सधै जागरुक हुन अनुरोध गरे।
कार्यक्रममा कम्प्युटर एशोसिएशन महासंघका पूर्व अध्यक्ष एवं उद्योगवाणिज्य संघका सदस्य विप्लवमान सिंहले साइबर अपराध मौलाइरहेको बेला सरकारले चाडै डिजिटल सिग्नेचर लागू गर्नुपर्ने सुझाव दिए।13332844_10154160192211000_145320440481423239_n
उनले भने, ‘नेपालमा पनि डिजिटल सिग्नेचर लागू सबै सकारी कार्यालयमा लागू हुनु पर्छ। विद्यालयमा आइसिटी शिक्षाको महत्व कायम गरिनुपर्छ र शिक्षक अभिभावकले बेलैमा छोराछोरीको गतिविधिमा ध्यान दिनू जरुरी छ।’
एकाइसौ शताब्दीमा सूचना प्रविधिलाई सही सदुपयोग गर्न र दैनिक जीवनलाई सहज बनाउनेतिर व्यक्ति, समाज र राष्ट्र एकजुट भए इनेपालमा बनाउन धेरै समय नलाग्ने बताए। तर यसको दुरुपयोगलाई तुरुन्त निरुत्साहित गर्नुपर्ने उनको सुझाव थियो।
साइबर सुरक्षाबारे जानकारी लिन सैनिक आवासीय विद्यालयमा कक्षा ९ र कक्षा १०मा अध्ययनरत करिब सय जना विद्यार्थी, शिक्षक सहभागी भएका थिए।
यसअघि बुधबार बाफलस्थित ज्ञानोदय उच्च माविमा साइबर सेक्युरिटी अवेयर्नेस कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?