Breaking News

युट्युब मोबाइल लाइभ स्ट्रिमिङ सेवा सुरु

Feb Tue 2020 05:40:45

638 views

युट्युब मोबाइल लाइभ स्ट्रिमिङ सेवा सुरु

युट्युबले आफ्नो अफिसियn ब्लगमार्फत मोबाइल लाइभ स्ट्रिमिङ ल्याएको घोषणा गरेको छ । योसँगै युट्युवको आइओएस र एन्ड्रोइड एपमा नयाँ अपडेट आउने छ । युट्युबले लाइभ स्ट्रिमिङ सुरु गरेको २०११ मा नै हो, जुन हजारौं पटक प्रयोग भइसकेको छ । तर, यो सुविधा वेबसाइटमार्फत् मात्र थियो, मोबाइल एपबाट सिधै लाइभ गर्न सकिने सुविधा थिएन । अब भने युट्युबले आफ्नो एपमै लाइभ स्ट्रिमिङ सुविधा ल्याएको छ, जसलाई उसले लाइभ स्ट्रिमिङमा नयाँ अध्यायको सुरुवात भनेको छ ।

यसका लागि तपाइँले कुनै नयाँ एप इन्स्टल गर्नु पर्दैन, मौजुदा युट्युब एपलाई अपडेट गर्नुहोस् । अब नयाँ एप स्क्रिनको दायाँपट्टी लाइभ बटन देख्न सक्नुहुनेछ । त्यो क्लिक गरी फोटो खिचेर थम्नेल इमेज राख्नुहोस् र लाइभ सुरु गर्नुहोस् । युट्युब लाइभमा आफ्ना फ्यानसँग रियलटाइम च्याट पनि गर्न सकिन्छ । साथै लाइभ भिडयो सर्च पनि गर्न सकिने छ ।

युट्युबले लाइभ भिडियो स्ट्रिमिङको प्रतिस्पर्धामा प्रवेश गर्ने घोषणा गरे पनि सवै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेबाट उलपब्ध हुने भन्ने खुलाएको छैन् । उसको ब्लग पोष्टमा केवल चाँडै सवैका लागि उपलब्ध हुने भनिएको छ, तर मिति तोकिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?