Breaking News

सामाजिक सञ्जालभर चर्चामा ११२ वर्षिय नेपाली हजूरआमा

Feb Tue 2020 05:40:29

309 views

सामाजिक सञ्जालभर चर्चामा ११२ वर्षिय नेपाली हजूरआमा

काठमाडौं, नेपालकी एक वृद्ध महिला अहिले संसारका सबै मिडियामा चर्चाको विषय बनेकी छिन् । विश्वका ठूला मिडियादेखि साना मिडियाहरुले समेत उनका बारेमा समाचार प्रकाशन गरेका छन् । किन भइन त यी बृद्धा चर्चित ? उमेर ११२ वर्ष, र पनि विगत ९५ वर्षदेखि लगातार हरेक दिन ३० वटा चुरोट पिउने । यही कारण हो, उनका बारेमा एउटा अंग्रेजी पत्रिकाले शुरुमा समाचार प्रकाशित गर्यो । चुरोट सेवनले मानिसको मृत्यु छिट्टै हुन्छ भन्ने आम सत्यलाई चुनौती दिने उनको यही कुराले अहिले उनको भिडियो संसारभरी हेरिँदैछ ।

बाटुली नाम गरेकी यी बृद्धाले भिडियोमा नेपाली बोलेको प्रष्ट सुनिन्छ । उनले १७ वर्षको उमेरदेखि चुरोट खान सुरु गरेको बताइन्छ । बाटुली आमाको सबैभन्दा जेठो छोरा ८५ वर्षका छन् । अन्य चार छोराको भने निधन भइसकेको छ । ८० वर्ष अगाडि कामको खोजीमा उनका श्रीमानले एक्लै छोडेर गएको बाटुली बताउँछिन् । जीवनका कैयन् उतारचढाव देखेकी बाटुली आमालाई उमेरले केही कुरा गर्न फरक नपारेको समाचारमा उल्लेख छ ।

तर चुरोट खाने भने उनको आफ्नै तरिका छ । चुरोटको धुवाँमा निकोटिन हुन्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनले चुरोटलाई दुईवटा औंलाको बीचमा राख्नेको साटो बुढापाकाहरुले सुल्पा मा तम्बाखु खाएजस्तै हत्केलाको बीचमा राखेर सेवन गर्छिन् । उनलाई चुरोट भन्दा बिंडी सेवन गछिन् र अरुलाई पनि बिंडी नै खान भन्छिन् । गत भूकम्पमा उनको घर समेत भत्केपछि उनी मन्दिरमा सहारा लिएर बसेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?