पानी पर्न थालेपछि हामी कहिल्यै पनि सुत्दैनौं । किनकी बाढी पहिरोको सधैं डर हुन्छ । हिजो राती झण्डै ११ बजेतिर अलिअलि पानी पर्न थाल्यो । एकैछिनमा असिना पनि पार्याे । चट्याङ पनि परेजस्तो भयो तर त्यत्ति परेन । पानी पर्न थालेपछि सुतेकाहरु पनि उठे । अब के होला भन्ने सबैलाई डर भयो ।
- http://newssanchar.com