Breaking News

रेनसमवेयर अट्याक बिरुद्ध आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि

Feb Tue 2020 05:40:57

384 views

रेनसमवेयर अट्याक बिरुद्ध आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि

फिरौति माग्ने भाइरस हमला अर्थात् रेनसमवेयर अट्याक   यस्तोसफ्टवेयरको साइबर हमला हो जसले तपाइँको कम्प्युटरमा स्टोर भएका डकुमेन्टहरु लक गरिदिन्छ र त्यसरी लक गरिएका फाइलहरु फुकुवा गर्नका लागि फिरौति अर्थात पैसा माग्दछ ।

स्ता घटनाहरुबाट प्रष्ट हुन्छ की विश्वमा उत्कृष्ट साइबर सुरक्षाका उपायहरुको आवश्यकता छ र यसका लागि प्रयास पनि भैरहेका छन् । र, पछिल्लोपटक हामीले कृत्रिम विवेकयुक्त प्रविधि अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीलाई धन्यवाद दिनुपर्दछ । किनकी यो प्रविधि रेनसमवेयर हमलालाई निस्तेज पार्नका लागि धेरै हदसम्म सहयोगी बनिरहेको छ ।

फिरौति माग्ने भाइरुसको हमलाको जोखिमका बाबजुत केही मानिसहरुले सेक्योरिटी अपडेट गर्ने मामिलामा खासै चासो दिएका हुँदैनन् । पछिल्ला हमलाहरुमा पनि विन्डोज अपडेट नगरेका कम्प्युटहरु बढिजसो हमलाकारीको निसानामा परेका थिए । वाचडग सेक्योरिटी सफ्टवेयरका आफ्नै समस्या छन् । यस हप्ताको साइबर हमलामा लगभग ६० वटा साइबर सुरक्षा सेवाहरुमध्ये केवल २ वटाले मात्र यसको पूर्वजानकारी वा भेउ पाउन सके ।

अमेरिकी सेक्योरिटी भेन्डर प्रुफप्वाइन्टका एक विशेषज्ञ रेयान क्लेम्बरका अनुसार धेरै सामान्य एप्लिकेसनहरुले विन्डोजमा भाइरसको रुपमै काम गरेका हुन्छन् । त्यस्ता एपहरुलाई छुट्टै पहिचान गर्न निकै गाह्रो हुन्छ ।

विगतमा पहिलेका मालवेयरका कोडसँग मेल खाने प्रोग्रामको जाँच गरेर यस्ता खतरनाक सफ्टवेयर अर्थात् भाइरसको पहिचान गर्न सकिन्थ्यो । तर यो प्रविधि नयाँ प्रकारका मालवेयरको पहिचान गर्नमा सक्षम हुँदैन । यस्तोमा आर्टिफिसियल इन्टेलिजेन्सले उत्कृष्ट काम गरिरहेको वैज्ञानिकहरुको भनाई छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले रेन्समवेयरको कोड तथा स्त्रिmप्टसलाई राम्रोसँग पहिचान गर्नमा सफल भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?