Breaking News

बुटवल पावरको एफपीओ आउदै, यस्तो छ, कम्पनीको वित्तिय अवस्था

Feb Tue 2020 05:40:51

267 views

बुटवल पावरको एफपीओ आउदै, यस्तो छ, कम्पनीको वित्तिय अवस्था

बुटवल पावर कम्पनी (BPCL) ले एफपीओ निष्काश गर्ने भएको छ । कम्पनीको असार २७ गते वसेको विशेष साधारण सभाले एफपीओ (FPO) निष्काश गर्ने प्रस्ताव पारीत गरेको छ ।

सभाले जारी पूँजी वृद्धि गरी रू. दुई अर्ब दश करोड पुर्याउन र सर्वसाधारण शेयरधनीको हिस्सा जारी पूँजीको ३० प्रतिशत र्पुयाउन एफपीओ निष्काश गर्ने भएको छ । कम्पनीले आँधीखोला जल विद्युत केन्द्र तथा झिमरुक जलविद्युत केन्द्रका प्रभावितको लागि एफपीओको ५ प्रतिशत शेयर प्रिमियममा निष्काशन गर्ने भएको छ ।

यस्तो छ कम्पनीको वित्तिय अवस्था

बुटवल पावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १९ दशमलव ३८ प्रतिशतले बढेर ५ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ४ करोड ९० लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा जगेडाकोषमा १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ पु¥याएको छ । लगानी १३ लाख रुपैयाँ गरेको छ । कम्पनीको सञ्चालन आम्दानी २४ दशमलव १५ प्रतिशतले वृद्धि भई ४७ करोड ८२ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च १५ दशमलव ११ प्रतिशतले घटेर १९ करोड ११ लाख रुपैयाँ रहेको छ ।

बुटवल पावरको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात १७ दशमलव ४ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय १९ दशमलव ३ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?