Breaking News

सामाजिक सञ्जालको कुलत लागुऔषध भन्दा भयानक !

Feb Tue 2020 05:40:14

937 views

सामाजिक सञ्जालको कुलत लागुऔषध भन्दा भयानक !
सामाजिक सञ्जालको नशा चुरोट वा रक्सीको भन्दा पनि खतरनाक हुन्छ । एकपटक यो नशा लागेपछि मानिसको रातको निन्द्रा हराउँछ र उनीहरु रातदिन त्यसैमा भुलेर बस्छन् । च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ न त अरु काममा मन लाग्छ ।सामाजिक सञ्जालमा धेरैबेर झुण्डिने मानिसहरुमा सामाजिक सञ्जालमा आफ्नो साथीभाइले घुमफिर गरेको, पार्टी गरेको र महंगा कपडा, गरगहना लगाएका तस्वीरहरु देख्दा व्यक्तिगत जीवनबाट असन्तुष्टि पैदा हुन थाल्छ । बेलायती लेखिका क्याथरिन आर्मेरोडले यसैलाई मध्यनजर गर्दै हालै लेखेको आफ्नो पुस्तक ‘हृवाइ सोसल मिडिया इज रुनिङ योर लाईफ’मा सामाजिक सञ्जालको लतबाट छुटकारा पाउने उपाय सुझाएकी छिन् । बहसको डरले पछाडी नहट्नु सामाजिक सञ्जालमा आँखामा आँखा जुधाएर मनदेखि नै कुराकानी हुँदैन । च्याटिङमा कहिलेकाँही मानिसहरु पोस्टलाई लाइक गरेर वा त्यसमा राम्रो कमेन्ट दिएर त्यस भावनाको दर्शाउँछन् । वास्तविक जीवनमा भेट्दा र कुराकानीको सिलसिला अगाडि बढ्दै जाँदा मतभेद हुने सम्भावना रहन्छ । कैयौं मानिसहरु त बहसको डरले नै धेरै कुराकानी गर्नबाट हिच्किचाउँछन् जुन गलत हो । ‘फोन फ्रि ‘ जोन निर्धारित गर्नुहोस् बेडरुम र लिभिङ रुमले कामको व्यस्तताबाट बाहिर निस्केर परिवारको साथमा खुसीयालीपूर्ण पल बिताउने मौका दिन्छ । यसैले क्याथरिनि यसलाई फोन फ्रि जोन बनाउने सल्लाह दिन्छिन् । डाइनिङ रुममा पनि फोनको प्रयोगबाट बच्नुपर्ने उनको सुझाव छ ताकी परिवारको साथमा खाना खाँदै रमाइलो पलको भरपुर फाइदा उठाउन सकियोस् ।उनका अनुसार फोनको प्रयोग गर्ने समय पनि निर्धारित गर्नुपर्छ । दिनको दुई घन्टा पार्टनर र बच्चाको साथमा बिताउनुपर्छ । अफलाइन साथमा जोड दिनुहोस् क्याथरिनका अनुसार सम्बन्ध खुसीको चाबी हो । तर, आफ्नासँगको सम्बन्ध अनलाईन दुनियाँ सम्म सिमित हुन हुँदैन । समय समयमा भेट्ने र फोनमा कुरा गर्नाले सम्बन्ध मजबुत बनाउँछ । फेसबुक, हृवाट्सएपमा भएका साथीहरुसँग भेटको लागि समय निकाल्नुहोस् । हप्ता, दुई हप्तामा फोनमा कुरा गर्ने नियम बनाउनुहोस् । यदि साथीले तपाइर्ंको कोसिसमा साथ दिएनन् भने उनीहरुसँग दुरी बढाउनुमै फाइदा छ । कल्पनामा नजिउनुहोस् प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउने हरेक मानिसको फरक फरक तरिका हुन्छ । तर, तपाईं कल्पनामा बगेर अरुको जीवनमा वा फिल्ममा जस्तै आफ्नो जीवनमा पनि होस् भन्ने चाहनुहुन्छ भने यसले फाइदा गर्दैन । यसैले फेसबुक वा हृवाट्सएपका साथीले च्याटमा आफ्नो पार्टनरले महंगा उपहार वा सरप्राइज डिनर डेट दिएको कुरा गरे पनि तपाईंले आफ्नो पार्टनर सँग पनि यस्तो आशा नगर्नुहोस् । तुलनाबाट बच्नुहोस् फेसबुकको दुनियाँमा चलिरहेका हलचल र भाइरल भएका कुराहरुलाई आफ्नो भावनामा कहिल्यै पनि हावी हुन नदिनुहोस् । त्यस्तै सामाजिक सञ्जालमा अरुको खुसी पनि तुलना नगर्नुहोस् । समय बित्दै जाँदा आफ्नो आत्मिय मानिसहरुसँगै घुमफिर गर्ने र आफ्नो उनीहरुसँग खुसीयाली मनाउने मौका सबैको जीवनमा आउँछ भन्ने कुरा कहिल्यै नभुल्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?