Breaking News

चीनको भर्चुअल निगरानी: प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...

Feb Tue 2020 05:40:28

667 views

चीनको भर्चुअल निगरानी:  प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...
पश्चिमी चीनका सहरमा प्रहरी स्टेशन, चेक प्वइन्ट र अन्य सुरक्षा क्षेत्रमा विभिन्न क्यामेराको प्रयोग गरिएको छ। एकपटक माउस थिचेको भरमा प्राविधिकले मुलुकका हजारभन्दा बढी चेक प्वइन्टको लाइभ भिडियो हेर्न सक्छन्। चीनमा यस्तो प्रणालीको विकास भएको छ कि त्यसबाट मानिसको फोटो, घरको ठेगाना र आधिकारिक पहिचानको नम्बर प्रमुख राजमार्गको चेकप्वइन्टमा रोकिएका मानिसबाट लिने गरिएको छ। चीनको यो प्रणालीबाट अर्बौं विवरणहरु पाइसकेको छ। त्यसका साथै मानिसको शैक्षिक योग्यता, परिवारको सम्बन्ध र यसअघिको घटनाका साथै पछिल्लो पटक भ्रमण गरेको होटलको समेत विवरण उक्त प्रणालीले पाउने एक चिनियाँ नागरिक कस्गरले बताए। कस्गरका अनुसार चीनमा औद्योगिक क्षेत्रको निगरानीका लागि हरेक क्षेत्रमा क्यामेराको प्रयोग गरिएको छ। यो चीनको उच्च प्रविधिको माध्यमबाट गरिने निगरानीको झल्को हो। पछिल्लो समय यस किसिमको निगरानी चीनका अन्य सहर तथा मुलुकभर फैलिँदै गएको छ। यस किसिमको व्यवहारको कारण अमेरिकाले चिनियाँ कम्पनीप्रति जासुसीको आरोप लगाउने गरेको हो। जसको कारण अहिले व्यापार युद्ध चर्किन पुगेको छ। चीनले यसरी नै सिन्चियाङमा रहेका यिग्युर मुस्लिमको निगरानीका लागि पनि यस किसिमको प्रविधिको प्रयोग गर्ने गरेको छ। यसैबीच चीनले सैन्य साइबर प्रणालीदेखि सार्वजनिक सुरक्षासम्मको कामका लागि यसको प्रयोग गर्ने गरेको छ। कम्पनीका अनुसार प्रणालीले छिमेकी, अन्य व्यक्तिगत विवरणहरु संकलन गरेर उनीहरुको स्वभाव बुझेर हुनसक्ने कुनै पनि अपराधको लागि सुरक्षा व्यवस्थाको लागि सिफरिस गर्ने गरेको छ। न्युयोर्क टाइम्सको अनुसन्धानमा चीनले सिन्चियाङका अल्पसंख्यक यिग्युरलाई आफ्नो निगरानीको लागि विवरण संकलनका लागि बाध्य गर्ने गरेको फेला परेको छ। यस्तोमा बहुसंख्याक हान चिनियाँको विवरण भने संकलन गरिँदैन। यसैको आधारमा चीनले लाखौं यिग्युरलाई गिरफ्तार गर्ने गरेको छ। उनीहरुलाई कहिले पनि चीनको कम्युनिष्ट पार्टीको विरुद्धमा चुनौती पेश नगर्ने बनाउन यसरी गिरफ्तार गरिने गरिन्छ। यसैको आधारमा उनीहरुलाई पुनः क्याम्पमा फिर्ता पठाउने काम हुन्छ र त्यसपछि उनीहरुलाई निकै ठूलो सुरक्षाको दायरामा राखिन्छ। भर्चुअल निगरानी कास्गरको सहरमा ७ लाख २० हजार जनसंख्या छ। जसमा ८५ प्रतिशत यिग्युर छन्। यहाँको सीईटीसी नामक प्रणालीले ६८ अर्ब विवरण संकलन गरेको छ। जसमा उनीहरुको गतिविधि तथा आन्दोलनका विवरण पनि छन्। जबकी अमेरिकी गुप्तचर संस्था एफबीआईसँग केवल १ करोड ९० लाख विवरण मात्र छ। चीनका प्रहरीले पनि सीईटीसीले निर्माण गरेको मोबाइल एपको प्रयोग गर्छन्। चीन सरकारले भने आफ्नो निगरानीको कार्यक्रमको बचाउ गर्दै यसले मुलुकमा सुरक्षा स्तर निकै राम्रो भएको बताएको छ। चीनलाई विशेषगरी यिग्युर मुस्लिमबाट खतरा रहेको मान्दै आएको छ। यस्तोमा चीनले यिग्युर मुस्लिममाथिको निगरानीलाई झन् विशेषरुपमा हेरिएको छ। त्यसका लागि उसले उल्लेख्य मात्रामा उनीहरुको सूचना लिने गरेको छ। जानकारहरुका अनुसरा चीनले आफ्ना नागरिकबाट पैसाको सट्टामा सूचना लुटिरहेको बताएका छन्। मानिसहरुले सीईटीसीको प्रविधिको प्रयोग गरिएको गेटको माध्यमबाट आफ्नो परिचय पत्र देखाएर मात्र उक्त चेक प्वइन्ट पार गर्नुपर्ने हुन्छ। उक्त परिचय पत्र चीनमा आफ्नो सबै किसिमको दैनिक कार्यमा आवश्यक हुन्छ। चीनको लक्ष्य पछिल्लो समय मानिसहरुको बीचमा बढ्दो असन्तुष्टिको डलर कम गर्नु रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?